बालिका करणीको अभियोगमा पक्राउ
इटहरी : करणीको आरोपमा इटहरी-३ का ५० वर्षीय देवीबहादुर लिम्बू पक्राउ परेका छन्। उनीमाथि स्थानीय तीनजना बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेको छ। एक बालिकालाई एक वर्षदेखि लगातार करणी गरेको आरोप लागेका लिम्बूले अन्य दुई बालिकालाई पनि करणीको प्रयास गरेको बताइएको छ।
तीनै बालिका ११ वर्ष उमेर समूहका छन्।बालिकाका परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा लिम्बूविरुद्ध किटानी जाहेरी दिएका छन्। उनले बालिकालाई घुमफिरमा लैजाने, खाने कुरा तथा पैसाको प्रलोभन देखाउने गरेको पीडित परिवारले बताएका छन्।इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईले पक्राउ परेका लिम्बूको म्याद थपका लागि सुनसरी जिल्ला अदालत लगिएको जानकारी दिए।