दाइले सलाई खेल्दा जलेर बहिनीको मृत्यु

दाइले सलाई खेल्दा जलेर बहिनीको मृत्यु

दाङ : दाङमा आगोमा परी एक बालिकाको ज्यान गएको छ।  राप्ती गाउपालिका–१ बगाह सोतीका हिमाल रानाको १ महिनाकी छोरी संगिताको आगोले जली ज्यान गएको हो । 

घरमा हिमालका ३ वर्षीय छोरा अमितले सलाई कोरी खेल्नेक्रममा सुतिरहेकी संगिताको कपडामा आगो सल्किएर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  आगोले जली परि गम्भिर घाइते भएकी बालिकाको उपचारको क्रममा गएराति बुटवल प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय दाङले जनाएको छ ।

यता गएराति नै विद्युतको तार सट हुँदा बंगलाचुली गाँउपालिका–८ झिम्डीका फनादर घर्तीको घर पूर्णरुपमा जलेर नष्ट भएको छ ।आगलागीबाट घरमा रहेका अन्नपात, कपडा जलेर नष्ट भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.