बलात्कार आरोपमा ६० वर्षीय पक्राउ
![बलात्कार आरोपमा ६० वर्षीय पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/pakrau-indya_20181230102722_C56drL1KSp.jpg)
राजविराज : ४५ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा एक वृद्ध पक्राउ परेका छन्।घरमा एक्लै सुतिरहेका बेला हातपात गरी कपडा च्याति बलात्कारको प्रयास गरेको आरोपमा सप्तरी प्रहरीले सप्तरीको बोदे बर्साइन नगरपालिका- ९ का ६० वर्षीय लक्ष्मण महतोलाई पक्राउ गरेको जनाएको छ।
गत चैत ६ गते पक्राउ परेपनि चैत ७ देखि ९ गतेसम्म सार्वजनिक बिदा भई सरकारी कार्यालयहरु बन्द रहेकाले आइतबार उजुरी दर्ता गरी म्याद थप गरिएको इलाका प्रहरी कार्यालय कल्याणपुरले जनाएको छ।
पीडितका श्रीमान काठमाडौंमा रोजगारी गर्छन् भने १० वर्षीय छोरा घरबाहिर बोडर्समा बसेर पढ्दैछन्। घरमा रहेकी दुई छोरी पनि टोल छिमेकमा भएको विवाहमा गएका बेला घरमा एक्लै रहेको मौका पारी आरोपितले बलात्कार प्रयास गरेको पीडितले बताइन्।पीडितको स्वास्थ्य परीक्षण गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इन्स्पेक्टर बिष्णुप्रदिप बस्यालले बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)