धर्म प्रचार गरेको भन्दै आज्ञात समूहद्वारा कुटपिट
सार्लाही : धर्म प्रचार गरेको आरोपमा आज्ञात समूहले सर्लाहीमा एकजनालाई कुटपिट गरेको छ। दुइवटा मोटरसाइकलमा आएको ४ जनाको समूहले आइतबार बेलुका ध्रुबकुमार परियारलाई बाके र फुल्जोरको बिच जङ्गलमा कुटपिट गरेको हो।
'गैरसरकारी संस्थाको सहयोगमा महोत्तरीका असहाय, गरीब, दलित तथा पछाडि परेका समुदायका बाललालिकाहरुलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेर साथी र म फर्किरहेका बेला ममाथि हमला भयो' पीडित परियारले भने।
२८ देखि ३० वर्षका मनिसले कुटपिट गरेको भन्ने उजुरी आएपछि आफूहरूले अनुसन्धान अगाडि बढाएको केशरगंञ्जका प्रहरी इन्सपेक्टरले गौरव महतले बताए। 'यसरी कसैलाई कुटपिट गर्न पाइँदैन, हामीले यस घटनामा संलग्न भएका मानिसहरूको खोजी गरिरहेका छौं' इन्सपेक्टर महतले भने,'पीडितलाई सामान्य चोटपटक देखिएको छ।'
आफूलाई भूमिगत भन्ने मानिसको समूहले कुटपिट गरेको पीडित परियारले बताए। 'डलर खाएर धर्म परिवर्तन गर्ने? कति छ डलर निकाल, भन्दै मसँग पैसा मागे र कुटपिट गरे। कुटपिट गर्नेहरूले आफूलाई भूमिगत माओवादी भनेर चिनाएको पीडित परियारले बताए।