दुई बालिकालाई जबरजस्ती गरेको आरोपमा ५३ वर्षीय पक्राउ

दुई बालिकालाई जबरजस्ती गरेको आरोपमा ५३ वर्षीय पक्राउ

विराटनगरः दुई बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा इटहरीमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।इटहरी-३ निवासी ५३ वर्षीया देवीबहादुर लिम्बू ११ र ७ वर्षीया बालिका दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीबाट रिटायर्ड भएर घरमै बसेका लिम्बूसँग केटाकेटी झुमिरहने र सोहि बहानामा उनीहरुमाथि गलत नजर राख्दै दुर्व्यवहार गर्ने गरेको पाइएको इलाका प्रहरी कार्यलय इटहरीका प्रमुख डिएसपी समिरचन्द्र खरेलले जानकारी दिए।

लिम्बूले ११ वर्षीया बालिकालाई पटक-पटक करणी गर्ने गरेको स्वीकारेको डिएसपी खरेलले जानकारी दिए। पीडितलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको छ। लिम्बूले चैत्र ८ गते ती बालिकालाई अन्तिम पटक करणी गरेको बताइएको छ। बालिकालाई जबरजस्ती गरेको बारे परिवारका सदस्यले थाहा पाएपछि इटहरी प्रहरीलाई उजुरी गरेको थियो।

त्यस्तै सोहि व्यक्तिले अन्य एक ७ वर्षीया बालिकालाई पनि दुर्व्यवहार गरेको उजुरी परेको छ। चैत्र १ गते लिम्बूले आफूसँग खेल्न आउने बालिकामध्ये ७ वर्षीय बालिकाको पनि संवेदनशील अंग छुने गरेको प्रहरीमा उजुरी परेको छ। चैत्र १० गते पक्राउ परेका लिम्बूलाई प्रहरी म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.