लागुऔषधसहित दुई पक्राउ

लागुऔषधसहित दुई पक्राउ

विराटनगरः लागुऔषसहित दुई युवा इटहरीबाट पक्राउ परेका छन्। अफिमको मिसावट भएका विभिन्न नामकका ट्याब्लेट  औषधि बिक्री गर्दै गरेका युवालाई इटहरी प्रहरीले पक्राउ गरेको हो।

इटहरीका अलगअलग स्थानबाट सोमबार प्रक्राउ गरिएको इटहरी प्रहरी प्रमुख डिएसपी समिरचद्र खरेलले जानकारी दिएका छन्। उनका अनुसार लागुऔषध प्रयोगकर्ता बनेर लागुऔषध खरिद गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ रेको हो।

सामान्यढंगले हेर्दा बिरामीले प्रयोग गर्ने औषधिजस्तो देखिए पनि यस्ता औषधिमा अफिमको मात्रा हुने गरेको प्रहरीले जनाएको छ। यसलाई मिसाएर खानेदेखि डोजसमेत बढाएर खाँदा दलागुऔषधको काम गर्छ। डिएसपी खरेलले इटहरीमा लागुऔषध प्रयोग र बिक्री वितरण गर्नेको ठूलै समूह भएको हुँदा यि व्यक्तिमार्फत उक्त गिरोहसम्म पुग्ने विश्वास लिइएको बताए।

इटहरी ४ को राजमार्गमा को ३३ प ५७२२ नम्बरको मोटर साइकल जाँच गर्दा पक्राउ गरेका मोरङ बवियाबृताका जीतेन्द्र राजवंशी इटहरी-४ हलगडामा बस्छन् । त्यस्तै पाँचथर घर भइ इटहरी-२ मा डेरा गरी बस्ने दिनेस संग्रौलाको कोठाबाट पनि लागुऔषध बरामत भएको हो। 

राजवंशीको साथबाट नाइट्रेजेपाम ट्यावलेट १ सय ८० पत्ता, ट्रामाडोल क्याप्सुल ४०० पत्ता रहेको छ। त्यस्तै उनको कोठाबाट समेत स्पासमेपिभन ५ सय ८४ क्याप्सुल, स्पापेन सीप्लस ८ सय ५० ट्वावलेटलगायत विभिन्न नामका औषधि भेटिएको प्रहरीले जानकारी दिएको छ। 

त्यस्तै सांग्रौलाको कोठाबाट भने ट्रामाडोल नामको औषधि ३ हजार २ सय ३० क्याप्सुल भेटिएको छ।प्रहरीले दुबैलाई लागुऔषध खरिद तथा बिक्री वितरणअन्तर्गत मुद्धा चलाइने बताएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.