बसले ठक्कर दिँदा वृद्धाको मृत्यु
तनहुँ : शुक्लागण्डकी नगरपालिकामा भएको सवारी दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ।
पोखराबाट दमौलीतर्फ आइरहेको ना ६ ख ८४११ नम्बरको बसले ठक्कर दिँदा पैदलयात्री वृद्धाको मृत्यु भएको हो। दुर्घटनामा शुक्लागण्डकी नगरपालिका-५ बस्ने ७८ वर्षीया वृद्धा सावित्री खत्रीको मृत्यु भएको हो।
बसको ठक्कबाट गम्भीर घाइते सावित्रीलाई उपचारका लागि पोखराको गण्डकी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
चालक र बस प्रहरीको नियन्त्रणमा लिएको छ।