मर्स्याङ्दीको दायाँबायाँ सडक

मर्स्याङ्दीको दायाँबायाँ सडक

काठमाडौं : सरकारले पृथ्वी राजमार्गको मुग्लिङ–पोखरा सडकको मुग्लिङ आबुखैरेनी खण्ड र पूर्व–पश्चिम राजमार्गको पकली रुपनगर सडकखण्डको रेखाकंन परिवर्तन गर्न स्वीकृति प्रधान गरेको छ।

मुग्लिन–पोखरा सडकको मुग्लिङ–आबुखैरनी खण्डमा हाल कायम रहेको मर्स्याङ्दी नदीको बायाँ किनाराको दुईलेन सडकको अतिरिक्त दायाँ किनारामा पनि दुई लेन सडक निर्माण गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो। यस्तै पूर्व–पश्चिम राजमार्गको पकली–कोशी नदी–त्रिजुगा नदी–फत्तेपुर–रुपनगर सडकखण्डमा चारलेन सडकको रेखांकन स्वीकृत गरेको हो। सरकाले यी दुई सडकखण्डलाई राजमार्गको मापदण्ड कायम हुनेगरी निर्माण गर्न स्वीकृति प्रदान गरेको हो।

सडक विभाग आयोजना निर्देशनालय (एडीबी)ले यी दुई सडकको रेखांकन परिवर्तन गरी नयाँ सडक निर्माणको स्वीकृति लिन मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको थियो। मन्त्रिपरिषद्को स्वीकृतिसँगै निर्माण प्रक्रिया अघि बढेको निर्देशनालयका उपआयोजना निर्देशक सुरेश पौडेलले बताए। यी दुई सडकको विस्तृत सम्भाव्ता प्रतिवेदन (डीपीआर) तयार गर्ने परामर्शदाता छनोट भइसकेको छ। कोरियन परामर्शदाता केईसीसीले यी दुवै सडकखण्डको डीपीआर तयार गर्नेछ।

मुग्लिन–पोखरा सडक खण्ड साढे ९३ किलोमिटर छ। केईसीसीले आबुखैरनी–पोखरा सडकखण्डको ८७ किलोमिटर डीपीआर तयार पारेर बुझाइसकेको छ। मुग्लिन–आबुखैरनी खण्डमा ६७ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् गृह पर्ने भएकाले सडकलाई चारलेनमा विस्तार गर्न नसकिने भएकाले मर्स्याङ्दी नदीको दायाँ किनाराबाट सडक विस्तार गर्न सकिने परामर्शदाताले सिफारिस गरेको थियो। सडकको रेखांकन परिवर्तन गर्नुपर्ने भएकाले स्वीकृतिका लागि मन्त्रिपरिषद् पठाइएको थियो।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने जीर्ण कोशी ब्यारेज छल्न पकली–कोशी नदी–त्रिजुगा नदी–फत्तेपुर–रुपनगर सडकखण्डको चारलेन विस्तार गर्न लागिएको हो। निर्माण गर्दा कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो। सन् १९६२ मा कोलकाताको ‘जोसेफ एन्ड कम्पनी लिमिटेड’ कम्पनीले कोशी ब्यारेज निर्माण गरेको थियो। हाल ब्यारेज सञ्चालनमा आएको ५७ वर्ष भइसकेको छ।

केईसीसीले तयार पारेको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार सडकको लम्बाई ३८.३ किलोमिटर हुनेछ। साथै कोशी नदीमा करिब चार किलोमिटर लामो पुल निर्माण गर्नुपर्ने हुन्छ। प्रारम्भिक प्रतिवेदनअनुसार सडक निर्माण गर्न ३२ अर्ब रुपैयाँ लाग्ने अनुमान छ। पुल निर्माण गर्न मात्रै १० अर्बभन्दा धेरै लाग्ने प्रतिवेदनमा उल्लेख छ।

मर्स्याङ्दी नदीको बायाँ किनाराको अतिरिक्त दायाँ किनारामा पनि दुईलेनको सडक निर्माण गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

उनका अनुसार डीपीआर तयार गर्ने परामर्शदातासँग बुधबार छलफल गरी काम सुरु गर्ने अनुमति प्रदान गरिएको बताए। ‘दुवै सडकखण्डको डीपीआर ६ महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएको छ। परामर्शदाताले मुग्लिङ–आबुखैरेनी ३ महिनामा सम्पन्न गर्ने मौखिक प्रतिबद्धता व्यक्त गरेका छन्। यो खण्ड छोटो भएकाले आधा समयमा सक्ने परामर्शदाताको दाबी छ’, उनले भने, ‘कोशी नदीमा लामो पुल निर्माण गर्नुपर्ने भएकाले ६ महिना लाग्नेछ।’

यो दुवै सडक एसियाली विकास बैंक (एडीबी)को ऋणमा निर्माण गरिने तयारी गरिएको छ। एडीबीले पूर्व–पश्चिम राजमार्ग विस्तारमा चासो देखाउँदै ऋण सहयोग गरिरहेको छ। यस्तै मुग्लिङ–पोखरामा ऋण उपलब्ध गराउने विषयको अध्ययन गर्न एडीबीको टोली फागुन दोस्रो साता नेपाल आएको थियो।

मुग्लिङ–पोखरा सडकमा ऋण उपलब्ध गराउन एडीबी सकारात्मक देखिएको पौडेलको भनाइ छ। उनका अनुसार आबुखैरेनी–पोखरा सडकखण्ड विस्तार गर्न २० अर्ब रुपैयाँ र मुग्लिन–आबुखैरनी पाँच अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.