बारको चुनाव सम्पन्न : ८० प्रतिशत मत खस्यो
काठमाडौं : नेपाल बार एसोसिएसनको चुनाव सम्पन्न भएको छ। सर्वोच्च अदालतमा शनिबार बिहान ८ बजेबाट सुरु भएको मतदान साँझ ४ बजे सम्पन्न भएको हो। देशभर ८० प्रतिशत मतदान भएको छ।
बारको चुनावमा १० हजार ३ सय १३ मतदाता सहभागी थिए। देशभरबाट ३५ मतदान केन्द्रमा चुनाव भएको हो। बारको चुनावमा प्राजातान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल र प्रगतिशील समूहबाट चण्डेश्वर श्रेष्ठसहित आठ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्।
काठमाडौं उपत्यकाबाट मात्र ४ हजार ८ सय ४१ मत खसेको छ। काठमाडौंमा ६ हजार ७ सय १३ मतदाता छन्।
काठमाडौं उपत्यकामा ७५ प्रतिशत मत खसेको छ। मतगणता सोमबार साँझबाट सुरु हुनेछ। देशभरका मतपेटिका केन्द्रीय बारमा ल्याएपछि मात्र गणना सुरु हुने निर्वाचन अधिकृत शिवप्रसाद रिजालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !