विद्यार्थीको आन्दोलनले जीतपुरमा दिनभर तनाव

विद्यार्थीको आन्दोलनले जीतपुरमा दिनभर तनाव

बारा : दुई नम्बर प्रदेशमा स्थगित भएको एसईई परिक्षाको विषयलाई लिएर शनिबार दिनभर बाराको जीतपुर तनावग्रस्त बन्यो ।

परिक्षा स्थगित भएको विरोधमा सडकमा उत्रिएर आक्रोश पोखेका विद्यार्थी र प्रहरीबीचको झडपले जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुर बजार करिब ६ घण्टा तनावग्रस्त बनेको थियो ।

प्रश्नपत्र बाहिरिनु र परीक्षा स्थगित हुनुमा सरकार दोषी रहेको भन्दै विद्यार्थीले जीतपुरस्थित सडकमा बिहानैदेखि यातायात अवरुद्ध पार्दै प्रदर्शन थालेका थिए । सडकमा उत्रिएका विद्यार्थीलाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण बनेको हो ।

प्रहरीले यातायात खुलाउने क्रममा बल प्रयोग गरेको भन्दै आक्रोशित विद्यार्थीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि दोहारो झडप भएको हो । विद्यार्थी र प्रहरीबीचको झडप नियन्त्रणमा आउन करिब ६ लागेको थियो । झडपका क्रममा विद्यार्थी र प्रहरी दुबैतर्फ दर्जनौँ भन्दा बढी घाइते भए । घाइतेमध्ये विद्यार्थी रमिता चौधरी, स्थानीय हरिशंकर गुप्तालगायतलाई स्थानीय स्वास्थ्य क्लिनिकमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्ज लगिएको छ ।

झडपमा प्रहरीतर्फ आठ जना घाइते भएका छन् । घाइतेमध्ये प्रहरी जवान ललनदेव यादव, एके सिंह, निरु श्रेष्ठलगायत स्थानीय अस्पतालमा उपचार भइरहेको छ । झडप नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले दर्जनौको संख्यामा हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । प्रहरीले अनावश्यक बल प्रयोग गरेको भन्दै विद्यार्थीको आन्दोलनमा स्थानीयबासिन्दा समेत सहभागी थिए ।

आक्रोशित विद्यार्थीले सशस्त्र प्रहरीको ना १ झ ७१२ नम्बरको जिपमा तोडफोड र आगजनी गरेका छन् । आगजनीबाट गाडीको पछिल्लो भाग पूर्ण रुपमा जलेको छ भने अघिल्लो भागको सीसा फुटेको छ । यस्तै विद्यार्थीले ईलाका प्रहरी कार्यालयको बा २ प ७५२४ नम्बरको मोटरसाइकलमा पनि आगजनी गरे । प्रहरीले आठजनालाई नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.