यस्तो भयो आईपीएल १२ औं संस्करणमा सन्दीपको पहिलो खेल

यस्तो भयो आईपीएल १२ औं  संस्करणमा सन्दीपको पहिलो खेल

काठमाडौं :  इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्लीको तेस्रो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने कसिलो बलिङ गरेका छन्। 

शनिबारको दोस्रो खेलमा टस जितेर फिल्ड रोजेको दिल्ली क्यापिटलका लागि सन्दीपले पहिलो विकेट दिलाए। चार ओभरमध्ये तीन ओभर कसिलो बलिङ गरेका सन्दीपले चौथो ओभरमा भने दुई छक्का र एक चौका दिए। दिल्लीका लागि पहिलो विकेट लिएका सन्दीपले चार ओभरमा २९ रन दिए। दिल्लीको दोस्रो ओभरमा व्यक्तिगत पहिलो ओभर बलिङ गरेका सन्दीपले एक रनमात्र दिए। 

दोस्रो ओभर 

दिल्लीको तेस्रो ओभरमा सन्दीपले व्यक्तिगत दोस्रो ओभर बलिङ गरे। उनले यही ओभरमा दिल्लीका लागि पहिलो विकेट लिए। पहिलो विकेटको रुपमा सन्दीपले कोलकत्ताका ओपनर ब्याट्सम्यान निखिल नाइकलाई आउट गरेका हुन्। उनी १६ बलमा ७ रन बनाएर आउट भए। नाइकलाई उनले बिएलडब्ल्यू धरापमा पारेका थिए। सन्दीपले यो ओभरमा एक विकेट लिएर ६ रन दिए। 

तेस्रो ओभर 
९ ओभरमा व्यक्तिगत तेस्रो ओभर बलिङ गरेका सन्दीपले तीन रनमात्र दिए। दिनेश कार्तिकले दुई रन लिए भने आन्द्रे रसेलले एक रनमात्र जोडे। सन्दीपले बलिङ गरेको यो ओभरमा सुभमन गिललाई हर्षल पटेलले रन आउट गरे। उनी ५ बलमा ४ रन बनाएर आउट भएका थिए।   

चौथो ओभर 


सन्दीपका लागि व्यक्तिगत चौथो ओभर आकर्षक बन्न सकेन।  सन्दीपको बलमा आन्द्रे रसेलले दुई छक्का प्रहार गरे भने दिनेश कार्तिकले एउटा चौका प्रहार गरे। दिल्लीको ११ ओभरमा सन्दीप व्यक्तिगत चौथो ओभर बलिङ गरेका थिए। यो ओभरमा उनले १७ रन दिए।  

दिल्लीलाई १८६ रनको चुनौती 
कोलकताले दिल्लीलाई १८६ रनको चुनौती दिएको छ । आठ विकेटको क्षतिमा कोलकत्ताले पुरै २० ओभर खेल्दै १८५ रन बनाएको हो । 

दिल्लीका लागि हर्षल पटेलले २ विकेट लिए । त्यसैगरी सन्दीप, कासिगो रबाडा, अमित मिश्रा, क्रिस मोरिसले एकएक विकेट लिए ।

कोलकताका लागि आन्द्रे रसेलले २८ बलमा सर्वाधिक ६२ रन बनाए  भने दिनेश कार्तिकले ३६ बलमा ५० रन बनाउँदै अर्धशतक पुरा गरे । क्रिस लिनले १८ बलमा २० रन जोडे भने अन्य ब्याट्सम्यानले उत्कृष्ट व्याटिङ गर्न सकेनन् । दिल्लीले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.