बेलझुन्डी रंगशाला निर्माण तीब्र

बेलझुन्डी रंगशाला निर्माण तीब्र

दाङ : दाङको बेलझुन्डी रंगशाला निर्माणको काम तीव्र रूपमा सञ्चालन भएको छ। आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका केही खेल दाङमा पनि सञ्चालन हुने भएपछि रंगशाला निर्माणले तीव्रता पाएको हो।

रंगशालामा एथलेटिक्स र फुटबलका खेल सञ्चालन हुनेछन्। राष्ट्रिय खेलकुद परिषद्को २४ करोड २५ लाख रुपैयाँको लागतमा सुरु भएको निर्माणको काम अन्तिम चरणमा पुगेको छ। रंगशाला प्रतियोगिता सुरु हुन्जेलसम्म पूरा हुने निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सुरेश ध्वजूले बताए। उनले नेपालमा पहिलोपटक नेपाली निर्माण कम्पनीले डिजाइन गरेर निर्माण गर्न लागेको पहिलो रंगशाला यही भएकाले गुणस्तरीय काम गरिएको दाबी गरे। झन्डै ६ बिघा क्षेत्रफलमा निर्माण भइरहेको रंगशालामा चार सय सिटको सामान्य प्यारापिट निर्माण गरिएको छ।

भीआईपी प्यारापिट भने निर्माणको चरणमा छ। यहाँ चार सय ५० सिट रहेको म्यानेजर ध्वजूले बताए। उनले आठ लेनको एथलेटिक्स ट्र्याक तयार पारिएको बताए। एक सय ८० मिटर लम्बाइ, एक सय २० मिटर चौडाइ रहेको फिल्डको ८० प्रतिशत काम पूरा भइसकेको छ। दाङमा बन्ने रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको ध्वोजूले बताए।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीले वैशाख ५ देखि हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला फुटबल र एथलेटिक्सका खेल बेलझुन्डी रंगशालामा हुने जानकारी दिए। जिल्लामा हुने आठ खेलमध्ये यो रंगशालामा दुई खेल हुनेछन्। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डाँगीले रंगशाला निर्माणको काम लगभग अन्तिममा पुगेको बताए।

अहिलेसम्ममा नर्मल प्यारापिट र दूबो रोप्ने र मैदानको काम अन्तिममा पुगेको उनले बताए। एथलेटिक्सको सेन्थेटिक्स ट्र्याक पनि अन्तिम चरणमा पुगेको छ। निर्माण कम्पनीले जेठ महिनासम्ममा सम्पूर्ण काम सक्ने बताएको छ। आठौं राष्ट्रिय प्रतियोगिताका लागि पूर्वाधार तयार भइसके पनि अन्य काम पूरा गर्न जेठसम्म लाग्ने ध्वजूले बताए। क्रिकेट प्रतियोगिताका लागि भने लमहीमा मैदान तयार पारिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.