ऐश्वर्या गर्भवती भएको हल्ला मात्र
ऐश्वर्या राय बच्चनको एउटा तस्बिर सोसल मिडियामा भाइरल बन्यो। त्यसका पछाडि कारण थियो, उनको बढेको पेट। लगत्तै उनी गर्भवती भएको हल्ला चलिहाल्यो। उनी पति अभिषेक बच्चनका साथ गोवामा केही समय बिताउन पुगेकै बेलाको तस्बिरले गर्भवती भएको हल्ला चलेको थियो।
तस्बिरमा उनको पेट केही बढेको प्रस्ट देखिन्छ। उनी दोस्रो बच्चाकी आमा बन्न लागेको हल्ला चल्यो। बच्चनका प्रवक्ताले उक्त तस्बिरमा गलत एंगल प्रयोग भएको प्रस्ट्याए। उक्त तस्बिर सार्वजनिक भएपछि अनेक उत्साहित फ्यानहरूले शुभकामना दिएका थिए। ऐश्वर्या र अभिषेकको विवाह सन् २००७ मा भएको थियो। सन् २०११ मा उनीहरूकी छोरी आराध्याको जन्म भएको थियो।
प्रतिक्रिया दिनुहोस !