पाँचथरमा तेस्रो चौरी महोत्सव

पाँचथरमा तेस्रो चौरी महोत्सव

फिदिम : पाँचथरको फालेलुङ गाउँपालिकाले चौँरी महोत्सवको तयार सुरु गरिएको छ। चौरी संस्कृतिको विकास गर्दै जैविक विविधताको संरक्षण र जिल्लाका उच्च पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने उद्देश्यले तेस्रो फालेलुङ चौरी महोत्सवको तयारी गरिएको हो।

फालेलुङ- ४ स्थित चाररातेमा एक दिने महोत्सव गर्ने तयारी गरिएको गाउँपालिकाले सदरमुकाम फिदिममा पत्रकार सम्मेलनमा जानकारी दिएको हो। तीन हजार पाँच सय ६० मिटरको उचाइमा रहेको नेपाल, भारतको वेष्ट बंगाल र सिक्‍किमको सिमानामा रहेको चाररातेमा नयाँ वर्षको अवसर पारेर बैशाख १ गते महोत्सव गर्न लागिएको हो।

चौंरी संस्कृति लोभ हुँदै गएकाले त्यसलाई संरक्षणका लागि महोत्सवको आयोजना गरिएको गाउँपालिकाका प्रवक्ता जीवन राईले जानकारी दिए।'चौरी उच्च पहाडको सौन्दर्य मात्र नभएर सम्पत्ति पनि हो, राईले भने, 'चौंरीको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व ठानेर महोत्सवको तयारी गरिएको हो।'

 
महोत्सवमा पाँच सयभन्दा बढी चौरीहरु एकैसाथ प्रदर्शन गर्ने तयारी छ।यस क्षेत्रमा २१ वटा चौरी गोठहरु छन्। चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौरी गोठहरु घट्दै गएका छन्। गोठमा चौरी घट्ने क्रमसँगै चौरी संस्कृति हाराएकाले संस्कृति संरक्षणका लागि महोत्सवको तयारी गरिएको हो। 'चरण क्षेत्रलाई पनि व्यवस्थित गर्नुपर्ने आवश्यकता छ,' प्रमुख प्रशाकीय अधिकृत मौसम ढुंगेलले भने, 'यस क्षेत्रमा रहेको तीन हजार हेक्टर जमिनलाई चरण क्षेत्रका लागि वैज्ञानिक रुपमा व्यवस्थित गर्ने हो भने चौरी संस्कृतिलाई जोगाउन सकिन्छ।'

महोत्सवबाट यहाँको पर्यटनको सम्भावनालाई माथि उठाउने लक्ष्य राखिएको छ।वस्तीविहीन जंगली क्षेत्रमा आयोजना गरिने चौरी माहोत्सवमा आन्तरिक र बाह्य गरी १० हजार पर्यटकलाई सहभागी गराउने आयोजकको तयारी छ।

पाँचथरसहित पूर्वी नेपालका ताप्लेजुङ, इलाम, झापा, काठमाडौंदेखि भारतको सिक्‍किम र दार्जिलिङका वासिन्दा, पर्यटन व्यवसायी र सर्वसाधारणले महोत्सवको अवलोकन गर्ने अनुमान गरिएको हो। महोत्सवमा चौरीको दूधबाट बनाइएका परिकार, चौरी र भेडाको उनबाट बनेका वस्तु र लेकाली क्षेत्रमा पाइने जडिबुटि तथा कृषिजन्य वस्तुको स्टलहरु राख्ने तयारी छ।

१७ लाखको अनुमानित लागतमा महोत्सव सम्पन्न गर्ने लक्ष्य राखिएको हो। महोत्सवक सम्पन्न गर्नका लागि दीप ज्योति युवा क्लब, फालेलुङ कञ्चनजंघा पर्यटन प्रबर्दन र सुर्केथाम दूग्ध सहकारी संस्था आयोजकको रुपमा रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.