घरबाट भागेर भारत पुगेका बालकको उद्धार

घरबाट भागेर भारत पुगेका बालकको उद्धार

राजविराज : दिदीको घर जान भनेर घरबाट भागेर भारत पुगेका एक बालकलाई जिल्ला बाल कल्याण समिति सप्तरीले आइतबार उद्धार गरेको छ।

सप्तरीको राजगढ गाउँपालिका–६ निवासी रामअवतार खंगका छोरा ११ वर्षीय राजुकुमार खंगलाई १५ दिनपछि उद्धार गरिएको हो।

जिल्ला बालकल्याण समिति सप्तरीका सदस्य सचिव एवं इन्सेक सदस्य वैद्यनाथ झाले भारत बिहारको दरभंगा पुगेर सम्पूर्ण कागजी प्रकृया पूरा गरी बालकलाई नेपाल ल्याएका हुन्। जिल्ला प्रशासन कार्यालयमा आइतबार राजुलाई उनका बुवा रामअवतारको जिम्मा लगाइएको छ।

‘दिदीको घर जान्छु’ भन्दै गत चैत १ गते घरबाट हिँडेका राजु घर नफर्किएको र आफन्तकोमा समेत फेला नपरेपछि उनका घरपरिवारले सप्तरी प्रहरीलाई जानकारी गराउँदै खोजतलास गरेका थिए। उता बालकलाई भारतीय प्रहरीले फेला पारी बाल कल्याण समिति, दरभंगाको जिम्मा लगाउँदै बाल गृहमा राखेको थियो।

बालकले आफ्नो घरपरिवारको नाम, ठेगाना बताएअनुसार दरभंगास्थित बाल कल्याण समितिमार्फत जानकारी पाएपछि जिल्ला बाल कल्याण समिति सप्तरीले समितिका सदस्य झालाई दरभंगा पठाएर उद्धार गरी ल्याएको सप्तरीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले बताए।

पौडेलका अनुसार सम्पूर्ण प्रकृया पूरा गरी बालकलाई नेपाल ल्याइएको र परिवारको जिम्मा लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.