राहुल गान्धी दुई स्थानबाट चुनाव लड्दै, वामपन्थीद्वारा आलोचना

राहुल गान्धी दुई स्थानबाट चुनाव लड्दै, वामपन्थीद्वारा आलोचना

नयाँदिल्ली : कंग्रेस आईका अध्यक्ष राहुल गान्धी दुई स्थानबाट लोकसभा चुनाव लड्ने भएका छन्। आफ्नो पुख्र्यौली गढ उत्तर प्रदेशको अमेठीका साथै केरलको वायनाडबाट समेत उनले चुनाव लड्ने निर्णय भएका हुन्। केरलका कंग्रेसका वरिष्ठ नेता तथा पूर्वरक्षामन्त्री एके एन्थोनीले आइतबार उक्त घोषणा गरेका हुन्। प्रदेश एकाइहरूको आग्रहमा गान्धीले वायनाडबाट चुनाव लड्न सहमत भएको एन्थोनीले जानकारी गराए।

उनले भने, ‘राहुल गान्धी केरलको वायनाडबाट संसदीय सीटका लागि चुनाव लडछन्।’ गान्धीको यो निर्णयलाई दक्षिण भारत मुख्य रूपमा केरलमा जनाधार मजबुत बनाउने कंग्रेसको प्रयासको रूपमा हेरिएको छ।

राहुलको यो निर्णयपछि केरलको सत्तारुढ वाम दल सीपीआई (एम)ले तिखो प्रतिक्रिया दिएको छ। सीपीआई (एम)का पूर्वमहासचिव प्रकाश कारातले कंग्रेसको यो निर्णय केरलमा वामपन्थीविरुद्ध चुनाव लड्न लागेको देखिएको भन्दै विरोध गरेका छन्। यो निर्णय भारतीय जनता पार्टी (भाजपा)विरुद्ध चुनाव लड्ने कंग्रेसको राष्ट्रिय प्रतिबद्धताको खिलाफ छ। केरलमा भाजपाको मुख्य प्रतिद्वन्द्वी एलडीएफ पार्टी चुुनाव उत्रँदै छ। त्यसैले पनि कंग्रेसको यो निर्णय सिधा वामपन्थीविरुद्ध भएको उनको भनाइ थियो।

उनले भने, ‘वामपन्थीको विरोधमा राहुल गान्धीलाई खडा गर्नुको अर्थ केरलमा वामलाई निशाना बनाउनु हो। यसको हामी सशक्त विरोध गर्छौं र राहुललाई हराउन सक्दो कोशिश गर्छौं।’ उता केरलका मुख्यमन्त्री पिनरइ विजयनले राहुलको विरुद्ध चुनाव लडने प्रतिक्रिया दिइसकेका छन्।

केरलका २० सिटमध्ये राहुलले एक सिटमा मात्र चुनाव लड्ने हुन्। ‘यसलाई सामान्य रूपमा लिएका छौं र हामी उनको प्रतिद्वन्द्वीका रूपमा लड्छौं। बरु उनले भाजपा लडिरहेको स्थान रोज्नुपथ्र्यो’, विजयनले भने। उनले यो वामपन्थीविरुद्धको लडाइँ नै भएको प्रतिक्रिया दिएका छन्।

केरलमा कंग्रेस २० सिटमध्ये १६ सिटमा चुनाव लड्दै छ। बाँकी ४ सिट गठबन्धन पार्टीका लागि छोडिदिएको छ। तीमध्ये २ सिट इन्डियन युनियन मुस्लिम लिग, एक एक सिट क्रमशः केरल कंग्रेस(मणि) तथा सोसलिस्ट पार्टी (आरएसपी) का लागि छोडेको हो। राहुलको यो उम्मेदवारी घोषणाअघि कंग्रेसले केरलमा १२ उम्मेदवारको नाम सार्वजनिक गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.