दोलखाबाट सवा करोडको अर्गेली निर्यात

दोलखाबाट सवा करोडको अर्गेली निर्यात

चरिकोट : भूकम्प गएको ४ वर्षपछि पहिलोपटक दोलखाबाट सवा करोड बराबरको स्टिम (उसिनेको) अर्गेली निर्यात भएको छ। भूकम्पपछि रोकिएको कच्चा पदार्थ स्टिम अर्गेलीको कच्चा पदार्थ जापानले पुनः माग गरेपछि चालु सिजनमा दोलखाबाट करिब एक करोड २० लाख बराबरको निर्यात भएको हो। स्थानीय स्तरमा भने अर्गेलीबाट कागज, डोरी, दाम्लो, नाम्लो उत्पादन गर्ने गरिएको छ।

जापानी येन र पासपोर्ट छाप्ने कागजको मुख्य कच्चा पदार्थका रूपमा रहेको स्टिम अर्गेली दोलखा जिल्लाबाट करिब २४ टन निर्यात भएको डिभिजन वन कार्यालय चरिकोटले जनाएको छ। अर्गेली निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने राम्रो माध्यम बन्दै गएको छ। दोलखाको सुरी, चंखु, जिरी, श्यामा, माली, शैलुङ, बोच आसपासबाट यस वर्ष करिब २४ टन अर्गेली उत्पादन भएको डिभिजन वन कार्यालय दोलखाका रेन्जर शम्भु बराइलीले जानकारी दिए।

जिल्लाका व्यवसायीले यसपटक अर्गेलीको प्रतिकिलो ४८० को दरले निर्यात गरेको पाइएको छ। जिल्लाको १८ सयदेखि २६ सय मिटरसम्मको उचाइमा अर्गेली उत्पादन हुने गरेको छ।

जिल्लाको गौरीशंकर गाउँपालिका–५, सुरीबाट १० टन अर्गेली उत्पादन भएको कृषक तथा व्यवसायी चलित्रकुमार खड्काले जनाए। निश्चित तापक्रममा केमिकल मिसाएर विशेष अर्गेली जापान निर्यात हुने व्यवसायी खड्काको भनाइ छ।

सुरीको मन्दिङ, कोस्दिङ र काप्तीलगायत क्षेत्रबाट करिब ४८ लाखको स्टिम अर्गेली उत्पादन भएको उनले बताए। जिरी नगरपालिकाको जिरी, श्यामा र मालीबाट मात्र करिब १० टन अर्गेली उत्पादन भएको श्यामाका व्यवसायी पासाङ दोर्जे शेर्पाले जानकारी दिए। शैलुङ र बोच क्षेत्रबाट करिब ४ टन अर्गेली उत्पादन भएको सम्वद्ध व्यवसायी बताउँछन्। यस क्षेत्रमा करिब सय जनाले आवधिक रोजगारी पाएका छन्।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.