कपिलवस्तुमा गोली हानी एक जनाको हत्या

कपिलवस्तुमा गोली हानी एक जनाको हत्या

तौलिहवा : कपिलवस्तुमा गोली हानी एकजनाको हत्या गरिएको छ। आइतबार राती अज्ञात समूहको गोली प्रहारबाट घाइते भएका पारस पुरीको मृत्यु भएको

 हो। कपिलवस्तुको पश्चिमी क्षेत्रका पुरीको उपचारको क्रममा आइतबार राती नै निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

राती साढे नौं बज घर अगाडि बसिरहेको अवस्थामा मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली प्रहार गरेका थिए। गोली प्रहार पछि उनलाई उपचारका लागि शिवराज अस्पताल बहादुरगञ्ज ल्याइएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि बुटवल रिफर गरिएको थियो।

कृष्णनगर नगरपालिका –१० विद्यानगरका ४५ वर्षका पुरीको उपचारको क्रममा आइतबार राती साढे ११ बजे ज्यान भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रवि रावलले बताए।

पारस वैदेशिक रोजगार व्यवसायी भएको बताइएको छ। उनको छातीमा गोली लागेको थियो। घटनामा संलग्न भएको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.