हावाहुरीबाट मृत्यु हुनेका परिवारलाई ३ लाख राहत दिने घोषणा

हावाहुरीबाट मृत्यु हुनेका परिवारलाई ३ लाख राहत दिने घोषणा

जनकपुर : प्रदेश २ सरकारले आइतबार साँझ बारा, पर्सालगायतका जिल्लामा आएको हावाहुरीबाट ज्यान गुमाउनेका परिवारलाई ३ लाख सहयता प्रदान गर्ने निर्णय गरेको छ । सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको अस्मिक बैठकले घाइते सबैको उपचार खर्च सरकारले व्यहोर्ने निर्णयसमेत गरेको छ । 

प्रदेश सरकारले तत्कालका लागि प्रभावितहरुलाई खानेकुरा र पानीको व्यवस्थाका मिलाउँन लागि परेको प्रदेश २ सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यावदले जानकारी दिएका छन् । 

विपदका क्षेत्रमा काम गर्ने सबै निकाय तथा संघसंस्थालाई सहायताका लागि निर्देशन दिइएको मन्त्री यादवले बताए ।  मुख्यमन्त्री लालबाबु राउतसहित मन्त्रिपरिषदका सबै सदस्य प्रभावित क्षेत्रमा जाँदैछन् । 

हावाहुरीका कारण धनजनको ठूलो क्षति भएपछि सोमबारका लागि तय गरिएको प्रदेशसभा बैठक पनि स्थगित गरिएको छ । प्रदेशसभा एक सूचना जारी गरी २० गतेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरिएको जानकारी दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.