हावाहुरीले तहसनहस भलुई भरवलिया पुग्दा...
![हावाहुरीले तहसनहस भलुई भरवलिया पुग्दा...](https://annapurnapost.prixacdn.net/media/albums/bara-huri-diwakar-barbalaiya_20190401034023_p1j7UTX2pf.jpg)
बारा : आइतबार साँझ आएको हावाहुरीबाट धेरै प्रभावित मध्ये बाराको फेटा गाउँपालिका–१ भलुई भरवलिया पनि हो । सोमबार बिहान यस गाउँ पुग्दा त्यहाँ तहसनहस र प्रभावितको विचल्ली देखिन्थ्यो । यस गाउँमा ६ जनाको मृत्यु भएको थियो ।
फुसका सबै घरहरु ध्वस्त भएका छन् भने पक्की घरहरुसमेत क्षतिग्रस्त छन् । मृतक तथा प्रभावित परिवारहरुमा रुवाबासी चलेको देखिन्थ्यो । सामान्य घाइतेहरु व्यान्डेज बाँधेर आफ्ना भग्नावशेष अगाडी उभिरहेका देखिन्थे ।
नेपाल प्रहरी नेपाली सेना, सशस्त्र प्रहरीको टोलीसहित स्थानीयहरु भग्नावशेष पन्छाउन लागि परेका छन् । स्थानीयहरु हुरीले लथालिंग बनाएका सामानहरु व्यवस्थापन गरिरहेका छन् ।
आइतबार साँझ खाना खाने समय तिरै हुरी आएकाले अधिकांश रातभरि भोकैरहेको बुझिएको छ । प्रभावितहरुलाई खाना र खानेपानीको अभाव भएको देखिन्छ । सोमबार बिहान स्थानीय तहका प्रतिनिधिलगायत केही संघ सस्थाहरुले चाउचाउ विस्कुट वितरण गरिरहेका छन् । त्यो प¥याप्त नरहेको पीडीतले गुनासो गरेका छन् । स–साना बच्चाहरु चाउचाउ विस्कुट खाइरहेका देखिन्छन् ।
हावाहुरीबाट यस गाउँमा थुप्रै चौपायको पनि मृत्यु भएको छ । बालीनाली नष्ट भएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)