आप्रवासीको भिसा र विलम्ब शुल्क मिनाहा

आप्रवासीको भिसा र विलम्ब शुल्क मिनाहा

काठमाडौं : सरकारले लामो समयदेखि अवैध बसोबास गर्दै आएका ४ देशका ७२ आप्रवासीको भिसा र विलम्ब शुल्क मिनाहा गरेको छ । उनीहरूले भिसा र विलम्ब शुल्कबापत तिर्नुपर्ने करिब ६ करोड रुपैयाँ मिनाहा गरिएको हो ।

नेपालस्थित शरणार्थी मामिला हेर्ने राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (यूएनएचसीआर)को आग्रहमा गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले अवैध बसोबास गरिरहेका ७२ जना विदेशीको भिसा र विलम्ब शुल्क मिनाहा गरेको हो । यूएनएचसीआरले उनीहरूको भिसा शुल्क मिनाहा गर्दै उनीहरूलाई सहज प्रस्थान अनुमति दिलाइ दिन गृहमा पत्राचार गरेको थियो । शुल्क मिनाहा गरे पनि यति लामो समय बस्दा उनीहरूले नेपालमा के गरे भन्ने विषयमा सरकार मौन छ ।

सरकारले ४७ पाकिस्तानी, १९ सोमालियाली, ५ बंगलादेशी र १ म्यान्मारी अवैध आप्रवासीको भिसा शुल्क, विलम्ब शुल्क र जरिवाना मिनाहा गरेको हो । शुल्क मिनाहापछि अध्यागमन विभागले उनीहरूको भिसा नियमित गर्ने प्रक्रिया अघि बढाएको छ । अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले शुल्क मिनाहा भएका आप्रवासीको ट्राभल डकुमेन्ट बनेपछि अन्य प्रक्रिया अघि बढ्ने बताए । उनीहरू यूएनएचसीआरको संरक्षणमा नेपालमा बसिरहेका थिए ।

यूएनएचसीआरले शरणार्थीको मान्यता दिए पनि सरकारले भने उनीहरूलाई अवैध आप्रवासी मानेको छ । सरकारले तिब्बती र भुटानीलाई मात्र शरणार्थीको मान्यता दिएको छ । यूएनएचसीआरले स्थायी समाधान भन्दै अन्य देशमा पुनःस्थापना गर्न उनीहरूको भिसा र विलम्ब शुल्क मिनाहा प्रक्रिया अघि बढाउँदै आएको थियो । उनीहरू पर्यटक भिसामा सन् २००० देखि २०१७ सम्ममा प्रवेश गरेर ओभर स्टे भएका हुन् ।

नेपालमा रहेका यस्ता अवैध आप्रवासीमध्ये म्यान्माबाट विस्थापित रोहिंज्या मुस्लिम र पाकिस्तानीको संख्या धेरै छ । यूएनएचसीआरले स्वदेश फर्कन चाहनेलाई फर्काउने वातावरण मिलाइदिने र बाँकीलाई तेस्रो मुलुक पुनःस्थापनाका लागि सहजीकरण गर्दै आएको छ । यूएनएचसीआरको कार्यालय रहेकाले त्यस्ता आप्रवासी यहाँ आएका हुन् । भुटानी शरणार्थीको समस्या समाधानपछि यूनएनसीआर कार्यालय बन्द गराउने तयारीसमेत सरकारले गरेको छ ।

यस्ता अधिकांश आप्रवासी स्वदेश फर्कन चाहँदैनन् । त्यहाँमा ज्यान सुरक्षित नभएको भन्दै भिसाको म्याद गुज्रिएपछि समेत उनीहरू यहाँ बस्ने गरेका छन् । म्याद गुज्रिएपछि आप्रवासीले शरणार्थीको मान्यता पाउन यूएनएचसीआरमा आवदेन दिएका थिए । यूएनएचसीआरले केही महिनाको अनुसन्धानपछि सरकारको रायसमेत नलिई उनीहरूलाई शरणार्थीको मान्यता दिने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.