प्रदेश सरकारले गठन गर्‍यो राहत तथा उद्धार समिति

प्रदेश सरकारले गठन गर्‍यो राहत तथा उद्धार समिति

जनकपुरधाम : प्रदेश २ सरकारले आइतबार साँझ बारा र पर्सामा आएको हावाहुरीबाट पीडितलाई राहत तथा उद्धार व्यवस्थापनका लागि उच्चस्तरीय समिति गठन गरेको छ।  

सोमबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले समिति गठन गर्ने निर्णय गरेको हो।  

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सामाजिक सञ्जालमार्फत पनि राहतका लागि समिति गठन गरिएको सार्वजनिक गरेका छन्। आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा गठित उच्चस्तरीय समितिमा सदस्यहरुमा सामाजिक विकास मन्त्री नवलकिशोर साह, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय, मुख्य न्यायाधीवक्ता दीपेन्द्र झा र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव अरुण झा रहेका छन् ।

सो समितिले हावाहुरीबाट भएको क्षतिको अध्ययन गरी तत्काल राहत तथा उद्धार उपलब्ध गराउने बताइएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.