असिनापानीले गहुँबाली र तरकारी खेतीमा क्षति

असिनापानीले गहुँबाली र तरकारी खेतीमा क्षति

डोटी : डोटीको पूर्वीचौकी गाउँपालिका र सायल गाउँपालिकाको विभिन्न क्षेत्रमा परेको असिनापानीले अन्नबाली तथा तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको छ।सोमबार राति हावाहुरीसँगै आएको असिनापानीले विशेषगरी किसानले भित्र्याउनै लागेको गहुँबाली तथा तरकारी खेतीमा ठूलो क्षति पुर्‍याएको छ।

रातीको समयमा आएको असिनापानीले पाकेर घर भित्राउने लागेको लाखौं मुल्य बराबरको गहुँबालीमा क्षति पुर्‍याएको सायल गाउँपालिकाका स्थानीय करन देउवाले बताए।

सायलको कौराडी, छपाली, साप्रा, बेटारा लगायतका क्षेत्रहरुमा पूर्णरुपमा क्षति पुर्‍याएको सायलका डबल साँउदले बताए। साउँदले भने, 'साप्राबेटारा क्षेत्रमा गहुँबाली, तरकारी खेती मात्र नभइ फलफूलका बोटविरुवामा समेत क्षति पुर्‍याएको छ।'

त्यस्तै असिना पानीले पूर्वीचौकी गाउँपालिकामा असिनापानीले क्षति पुर्‍याएको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज वोगटीले जानकारी दिए।बोगटीले भने, 'ठूलो मात्रामा रहेको असिनापानीबाट कृषकको लाखौ मुल्य बराबरको गहुँबाली तथा फलफूलका बोटबिरुवामा समेत क्षति पुर्‍‍याएको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.