तिब्बत प्रजातान्त्रिक सुधारको ६० वर्ष

तिब्बत प्रजातान्त्रिक सुधारको ६० वर्ष

पइचिङ : चालू वर्ष तिब्बत प्रजातान्त्रिक सुधारको ६०औं वार्षिकोत्सव हो। यसै अवसरमा चीनकोराज्य परिषदन्तर्गत प्रेस कार्यालयले मार्च २७ तारिख बुधवार ‘तिब्बतमा प्रजातान्त्रिक

सुधार साठी‌ वर्ष’ शीर्षकको श्वेतपत्र जारी गरेको छ। सन् १९५९ मार्च २८ मा तिब्बतचीनमा विलय भएको थियो। विगत साठी वर्षमा तिब्बत स्वायत्त प्रदेशमा भएको प्रजातान्त्रिक सुधार र विकासमा मारेको छलाङ सम्बन्धमा उक्त श्वेतपत्र जारी गरेको हो।

प्रजातान्त्रिक सुधार तिब्बतको इतिहासमा सबैभन्दा ठूलो र गहन रूपमा भएको सामाजिक सुधार हो। श्वेत पत्रअनुसार केन्द्रीय सरकार र समग्र जनताको समर्थनमा तिब्बतको विभिन्न जातिले गरिब र पिछडिएको पुरानो तिब्बतलाई आर्थिक समृद्ध, विकसित, पर्यावरणीय र सुखद जीवन भएको नयाँ तिब्बत निर्माण गरेका छन्। श्वेतपत्रमा प्रस्तावना र निष्कर्ष बाहेक दश खण्ड छन्।

प्रजातान्त्रिक सुधारको माध्यमबाट सामन्ती दासत्व अन्त्य भएको थियो भने करिब दश लाख भूदास मुक्त भएका थिए। तिब्बतले विकासमा मारेको फड्काले प्रजातान्त्रिक सुधार सबै तिब्बतीको मूलभूत आकांक्षा भन्ने प्रस्ट भएको छ। सन् २०१८ मा तिब्बतको जीडीपी १४७.७६ बिलियन रनमनपी (२२ बिलियन अमेरिकी डलर) पुगेको छ सन् १९५९ मा यो आँकडा १७४ मिलियन रममनपी मात्र थियो। तिब्बतले सन् २०१८ मा ३ करोड पर्यटक भित्र्याएको छ।

 हाल तिब्बतमा तिब्बती बौद्ध धर्म उपासनाका लागि १ हजार ७८७ वटा स्थल छन् र ४६ हजारभन्दा बढी भिक्षु–भिक्षुणीका साथै ३५८ जना जीवित बुद्ध छन्। त्यसैगरी एउटा चर्च र चारवटा मस्जिद पनि छन्। सन् १९८० को दशकदेखि तिब्बती सांस्कृतिक अवशेष र महत्वपूर्ण मठमन्दिरको पुनः निर्माणमा १.४ बिलियन रनमनपीभन्दा बढी खर्च गरिसकेको छ। सन् १९६५ सेप्टम्बर १ देखि ९ सम्म आयोजित पहिलो जनकंग्रेसको पहिलो अधिवेशनले तिब्बत स्वायत्त क्षेत्रको स्थापना गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.