गाडीको ठक्‍करबाट घाइते भएका युवाको मृत्यु

गाडीको ठक्‍करबाट घाइते भएका युवाको मृत्यु

राजविराज : म्याजिक गाडीको ठक्‍करले घाइते सप्तरीका एक युवाको उपचारका क्रममा मृत्यु भएको छ।सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका- ६ जोगिनियाका रामअवतार मण्डलका छोरा १८ वर्षीय घनश्याम मण्डलको उपचारका क्रममा बुधबार राति भारतको सिलगढीमा मृत्यु भएको मृतकका परिवारले जानकारी दिए।

राजविराज-भारदह सडकखण्डमा गत आइतबार को १ज ३११० नम्बरको म्याजिक गाडीले मण्डल सवार स.४ प ८००० नम्बरको मोटरसाइकललाई जोगिनियास्थित मुसहरी टोलमा ठक्‍कर दिएको थियो। 

गजेन्द्रनारायण सिंह अस्पताल राजबिराजमा प्राथमिक उपचारपछि रेफर गरिएका मण्डलको उपचार न्युरो अस्पताल बिराटनगरमा समेत सम्भव नभएपछि भारतको सिलगढीस्थित डा. चाङ्गको अस्पतालमा उपचार भइरहेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.