श्रीमतिकै योजनामा फिरोज खानको हत्या

श्रीमतिकै योजनामा फिरोज खानको हत्या

दाङ : चैत १३ गते राति गोलीहानी हत्या गरिएका फिरोज खानलाई श्रीमतिकै योजनाअनुसार हत्या गरिएको पाइएको छ। फिरोजकी श्रीमति साहीन खातुन र उनका भिनाजु कादीर अन्सारीको योजनाअनुसार खानलाई गोली हानी हत्या गरिएको पाइएको प्रदेश- ५को प्रहरी कार्यालय दाङ तुलसीपुरले जनाएको छ।

प्रदेश प्रहरी प्रवत्ता तथा प्रहरी नायव उपरीक्षक टिकाबहादुर कार्कीका अनुसार फिरोजको हत्या श्रीमति र श्रीमतिका भिनाजुको पूर्व योजनाअनुसारै गरिएको अनुसन्धानमा भेटिएको छ।

प्रवत्ता कार्कीले भारत विहार प्रदेश बेतिया स्थायी घर भई रुपन्देही बुटवल-१ गढिटोलमा बस्दै आएका खानलाई हत्या गरेको आरोपमा उनकी श्रीमती ३० वर्षीया साहीन खातुनलाई पक्राउ गरिएको छ। हत्यामा संलग्न ३५ वर्षीय कादिर अन्सारी फरार रहेको र उनको खोजि भइरहेको प्रहरीले जनाएको छ।

यसै बीच फागुन ११ गते कपिलवस्तुका बाणगंगाकी अनिता पौडेलको हत्यामा संलग्नलाई पनि सार्वजनिक गरेको छ। उनको हत्याको आरोपमा पौडेलकै श्रीमान बाबुरा पौडेल, अर्घाखाचीका श्रीहरी गौतम, गुणाकर अधिकारीलाई प्रक्राउ गरी आवश्यक कारवाही भइरहेको प्रवत्ता कार्कीले बताए।

त्यसैगरी बुटवल उपमहानगरपालिका ११ बुद्धनगरका हरिबहादुर पाण्डेको हत्यामा संलग्न भएको भन्दै महेन्द्र मल्ल भनिने बलबहादुर सुनारलाई पक्राउ गरेको छ। पाल्पा रिम्दीकोटकी ५० वर्षीय ओमकुमारी घर्तीको हत्यामा संलग्न भएको आरोपमा स्थानीय ४६ वर्षीय नुरबहादुर विश्वकर्मालाई पक्राउ गरिएको प्रदेश प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.