हुरीपीडित सात सय बालबालिकालाई शैक्षिक र खेलकुद सामाग्री वितरण

हुरीपीडित सात सय बालबालिकालाई शैक्षिक र खेलकुद सामाग्री वितरण

भरवलिया (बारा) : हुरी प्रभावित बस्तीका करिब सात सय बालबालिकालाई अनेरास्ववियूका विद्यार्थी नेताले शनिबार खेलकुद र शैक्षिक सामाग्री वितरण गरेका छन्। हुरीले घर भत्काएपछि शैक्षिक सामाग्री समेत गुमाएका फेटा गाउँपालिकाको भरवलिया र कलैया उपमहानगरपालिकाको मनगढवाका बालबालिकालाई अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीका विद्यार्थीले नेताले शैक्षिक र खेलकुद सामाग्री वितरण गरेका हुन्। 

अखिलकी केन्द्रीय सचिव आरती लामाले घर भत्किएसँगै शैक्षिक सामाग्री पुरिएकाले बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको बताइन्। विद्यालय जाने र नजाने सबै बालबालिकालाई सामाग्री वितरण गरेका छौ’ लामाले भनिन्,जसले गर्दा विद्यार्थीले टेन्टमै बसेर भएपनि पढ्न सकुन ।’

लामाले विद्यार्थीलाई कापी, कलम, पेन्सिललगायत अन्य सामाग्री वितरण गरिएको जानकारी दिइन् । हावाहुरीका कारण पढ्न जाने विद्यार्थीहरुमा परेको मनोवैज्ञानिक असरबाट मुक्त गराउनका लागि शैक्षिक सामाग्री वितरण गरिएको लामाको भनाई छ। शैक्षिक सामाग्री पाएपछि बालबालिका खुशी देखिएका छन्। 

यसैगरी अखिलले गाउँका युवाहरुलाई समूह बनाएर खेलकुद सामाग्रीसमेत वितरण गरेको छ। अध्ययनसँगै विद्यार्थीलाई खेलकुदमा व्यस्त गराउनका लागि महिला र पुरुषको समूह बनाएर सामाग्री वितरण गरेको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव सुर्यनारायण साहले बताए। 

दुवै संगठनले यसअघि एसईई परीक्षार्थीलाई अध्ययनका लागि टर्च वितरण गरेका थिए भने उनीहरुलाई परीक्षा अवधीभर परीक्षा केन्द्रमै बस्ने वातावरण बनाएका छन्। एक सातादेखि प्रभावित क्षेत्रमा रहेको अखिलको टोली शनिबार फर्किएको छ।  अखिलको केन्द्रीयसहित विभिन्न जिल्लाको टोली प्रभावित क्षेत्रमा उद्धार गर्ने, बसोबास र खानपिनको ब्यवस्था, शौचालय निर्माण गर्ने काममा खटिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.