निजगढ गोल्डकपमा नव जनजागृति र सर्लाही विजयी

निजगढ गोल्डकपमा नव जनजागृति र सर्लाही विजयी

निजगढ : नव जनजागृति युवा क्लब सिमराले नेपाल आइस पाँचौ निजगढ गोल्डकपमा विजयी सुरुवात गरेको छ। निजगढमा आइतबार भएको उद्घाटन खेलमा जनजागृतिले मकवानपुरलाई ट्राइब्रेकरमा ४–२ ले पराजित गरेको हो।

निर्धारित समयमा दुबै टिमले २–२ गोलको बराबरी खेलेपछि नजिता ट्राइब्रेकरमा निकालिएको हो। ट्राइब्रेकरमा सिमराका लागि निकेश थापा, सुदिप खत्री, चन्दन चौधरी, रोहन तामाङले गोल गरे। कमाने फुटबल एकेडेमी मकवानपुरका लागि विदेशी खेलाडी टेम्पी र सञ्जीव अर्यालले गर्दा अन्य खेलाडीको प्रहार जनजागृतिका गोलरक्षक रोहन मगरले बचाउ गरे।

रोहन खेलको म्यान अफ द म्याच घोषित भए। यसअघि निर्धारित समयमा जनजागृतिले खेलको सुरुवात लिएको अग्रता बराबरी गर्दै मकवानपुरले खेल ट्राइबेकरमा धेकेलेको थियो। जनजागृतिका लागि सुदिप खत्री र ऋषी मोक्तानले गोल गरेका थिए। मकवानपुरका रवि भण्डारी र क्रिसले बराबरी गोल फर्काएका थिए।

यसैगरी दोस्रो खेलमा बेंखडी युवा क्लब महोत्तरीलाई ट्राइब्रेकरमा ४–३ ले पराजित गर्दै सर्लाही ११ सेमिफाइनलमा प्रवेश गरेको छ। निर्धारित समयमा दुबै टिमले २–२ खेलेपछि खेल टाइब्रेकरमा पुगेको हो।

टंक लामाको गोलबाट खेलमा अग्रता लिएको महोत्तरीविरुद्ध सर्लाहीका सुनील लामा दुई गोल गरे। महोत्तरीका लागि दोस्रो गोल भने हेम लामाले गरे। खेलको म्यान अफ द म्याच सर्लाहीका गोलरक्षक अरुण भ्लोन घोषित भए।

प्रतियोगिता अन्तर्गत सोमबार हर्दि युवा समाज चितवन र वीरगञ्ज युनाइटेड क्लबबीच प्रतिस्पर्धा हुनेछ। चैत्र ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले एक लाख ५० हजार र उपविजेताले एक लाख प्राप्त गर्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.