असहयोग भएको भन्दै राप्ती स्वास्थ्य प्रतिष्ठानका डीनको राजीनामा

असहयोग भएको भन्दै राप्ती स्वास्थ्य प्रतिष्ठानका डीनको राजीनामा

दाङ : एक वर्षअघि दाङमा स्थापना गरिएको प्रदेश स्तरीय राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीनले पदबाट राजीनामा दिएकी छन्। प्रतिष्ठानको डीन तथा अस्पताल निर्देशक प्रा. डा. ऋतु शर्मा बरालले पदबाट राजीनामा दिएको प्रतिष्ठान प्रशासनले पुष्टि गरेको छ।

प्रतिष्ठानमा कुलसचिव रामप्रसाद प्याकुरेलले डीन बरालले पदबाट राजीनामा दिएको पुष्टि गरे। उनले बरालको राजीनामा स्वीकृत भने नभएको भन्दै स्वीकृति गर्नका लागि प्रक्रिया भएको भन्दै त्यही अनुसार हुने बताए।

डिन बरालले भने काम गर्ने वातावरण नभएकाले पदबाट राजीनामा दिएको बताएकी छन्। माथिल्लो तहमा रहेका व्यक्तिहरूबाट काम गर्ने वातावरण नभएको बराललको आरोप छ।

डा. बरालले आइतबार प्रतिष्ठानमा राजीनामा पेश गरेकी हुन। ‘म जागीर खान होइन, काम गर्न गएकी हुँ, काम गर्ने वातावरण नबनेपछि पदमा बसिरहनु राम्रो लागेन’, उनले भनिन्, ‘त्यही भएर राजीनामा लेखे।‘

पदीय रुपमा डीन भन्दा माथि शिक्षाध्यक्ष, कुलसचिव र उपकुलपति रहने व्यवस्था छ। कुल सचिव प्याकुरेलले भने आरोपलाई पुष्टि गर्न सक्नु पर्ने भन्दै काम गर्ने वातावारण नबनेको आरोप सत्य नभएको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.