रौतहतमा पनि हावाहुरी र असिनापानी

रौतहतमा पनि हावाहुरी र असिनापानी

रौतहट : मंगलबार बिहान आएको हावाहुरी र असिना पानीले रौतहटमा घर तथा बालीनालीमा ठूलो क्षति पुर्‍याएको छ।असिनाले तरकारी तथा अन्नबालीमा समेत क्षति पुर्‍याउँदा किसान मर्कामा परेका छन्।धेरै गाउँमा बिजुलीका पोल भाँचिएको छ।धेरै स्थानमा विद्युत अवरुद्ध भएको छ।

देबाही गोनाही नगरपालिकाको धेरैजसो टोलमा घरको छाना उडाएर क्षति पुगेको मेयर धर्मेन्द्र पटेलले जानकारी दिएका छन् ।अधिकांशको घरको छानामा लगाइएको खपडा टायल फुटेका छन् भने फुसको छाना उडाएको छ।

केही स्थानमा रुख ढलेर केहीको घरमा क्षति पुगेको छ।हावाहुरीसँगै परेको असिना पानीले बृन्दावन नगरपालिका- १ खैराटोलका किसानले लगाउको गहुँ,मकै,तरकारी बाली नष्ट भएको र घरका छाना उडाएको स्थानीय बैजनाथ सहनीले बताए


प्रहरीको टोली क्षतिको विवरण संकलन गर्न र अवस्था बुझ्न गाउँगाउँ खटिएको रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए। वृश्रामपुर, चन्द्रपुर, गरुडा, गौर, देवाही गोनाही, कटहरीयालगायतको नगरपालिकामा बढी क्षति भएको स्थानीयले बताएका छन्।

दर्जनौं घरको छानामा क्षति भएको अन्न, तरकारी बालीमा क्षति पुगेको खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.