हराएकी ६ वर्षीया बालिका मृत भेटिइन्
![हराएकी ६ वर्षीया बालिका मृत भेटिइन्](https://annapurnapost.prixacdn.net/media/albums/child-dead-body_20190126062341_b7ZIOuLsQa.jpg)
राजविराज : सप्तरीको बोदे बर्साइन नगरपालिकास्थित सोमबार रातिदेखि हराइरहेकी एक बालिका मृत भेटिएकी छन् ।
बोदे बर्साइन नगरपालिका–९ बस्ने सुरेन्द्र यादवकी ६ वर्षीया छोरी आरतीकुमारी यादव मंगलबार मृत अवस्थामा भेटिएको सप्तरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरबाटै हराएकी आरतीको शव स्थानीय रामप्रसाद यादवको पोखरीमा फेला परेको थियो । प्रहरी टोलीले मृत्यु सम्बन्धमा अनुसन्धान सुरु गरेको डिएसपी भावेश रिमालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)