नारायघाट–मुग्लिन सडकखण्डका पुल निर्माणमा जटिलता

नारायघाट–मुग्लिन सडकखण्डका पुल निर्माणमा जटिलता

काठमाडौं : सडक विभागको पुल महाशाखाले नारायणघाट–मुग्लिन सडकखण्डका पुलको क्षमता विस्तार गर्ने भएको छ। दुई लेन चाडाई सडकका पुल मध्यमस्थरका छन्। सडकको तुलनामा पुल सानो हुँदा हुन सक्ने दुर्घटनाको जोखिम न्यूनीकरण गर्न क्षमता विस्तार गर्न लागिएको हो। 

यसका लागि नारायणघाट–मुग्लिन खण्डका १४ वटा पुलको क्षमता विस्तार गर्नुपर्ने हुन्छ। पुल विस्तार गर्ने विषयमा महाशाखाले अध्ययन गरिरहेको छ। महाशाखाका प्रमुख दिपक भट्टराईका अनुसार नारायणघाट–मुग्लिन खण्डमा पर्ने तीनवटा पुल जटिल भौगोलिक संरचनामा निर्माण भएकाले ती पुल कसरी निर्माण गर्ने विषय टुंगोमा पुग्न समय लागेको जानकारी दिए।

विश्व बैंकको ऋण सहयोगमा मध्यम स्तरको नारायणघाट–मुग्लिन सडक एसियाली मापदण्डअनुसार विस्तार गरिएको छ। ०७५ जेठमा सडक दुई लेनमा विस्तार भइसकेको छ। ३६ किलोमिटर यो सडकखण्डमा १८ वटा पुल पर्छन्। चारवटा पुल ठेक्का लागेर निर्माणको चरणमा छन्। तर बाँकी १४ वटा पुलको भने निर्माण प्रक्रिया अघि बढ्न सकेको छैन।

‘नारायणघाट–मुग्लिन सडकखण्डमा पर्ने तीनवटा पुल जटिल भौगोलिक संरचनामा निर्माण भएका छन्। यो खण्डमा पर्ने सबै पुल सवारी चल्न योग्य छन्’, भट्टराईले भने, ‘सडकको क्षमताअनुसार नै पुल विस्तार गर्नुपर्ने हुन्छ। तीन पुल भएको स्थानमा सडक विस्तार गर्ने प्रयाप्त ठाउँ नभएकाले जटिलता आएको छ।’

सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सडककै आकारका पुल आवश्यक हुन्छ। दोहोरो सवारी आवागमन गर्न सक्ने क्षमताकै भए पनि सडकको स्तरभन्दा पुल न्यून क्षमताका भएकाले विस्तार गर्ने तयारी गरिएको हो। यी पुललाई कसरी बढाउने भन्ने विषयमा महाशाखा र विश्व बैंकका प्रतिनिधिले स्थलगत अध्ययन गरेका छन्।

स्थलगत अध्ययनमा अन्तर्राष्ट्रिय परामर्शदाताको सहयोग, भत्काएर नयाँ बनाउने र पुरानै पुललाई विस्तार गर्ने जस्ता विकल्पका बारेमा छलफल भइरहेको उनले जानकारी दिए। १४ वटा पुललाई एउटै प्याकेजमा ठेक्का लगाउने तयारी गरिए पनि जटिल संरचनामा निर्माण भएका पुललाई छुट्टै प्याकेट बनाउने विषयमा पनि छलफल भइरहेको उनले जानकारी दिए।

विश्व बैंकको दुई अर्ब ९० करोड सहुलियत ऋणमा मध्यम सडकलाई लेनमा विस्तार गरिएको हो। यो सडकमा पुल बनाउन आवश्यक रकम पनि विश्व बैंकले नै ऋण उपलब्ध गराउनेछ।

सडक निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको भए पनि पुल पुल नहुँदा सवारी आवागमनमा अहिलेको पुरानो र साँघुरा पुलका कारण केही असहजता भएको छ। २०३६ सालमा बनेका यो सडकका पुल जीर्ण भएको र नयाँ सडक बनेपछि पुल पनि स्तरवृद्धि गर्नुपर्ने अवस्था छ।

डिजाइन एन्ड बिल्ड मोडल

नारायणघाट–मुग्लिन सडकखण्डमा पर्ने पुल महाशाखाले डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण गर्ने तयारी गरेको छ। डिजाइनमा हुने प्राविधिक त्रुटि अन्त्य गर्न डिजाइन एन्ड बिल्ड मोडलमा पुल निर्माण गर्न लागेको प्रमुख भट्टराईको भनाइ छ। सरकारी निकायले तयार गरेका डिजाइनका आधारमा ठेकेदारले पुल निर्माण गर्नुपर्ने अवस्था छ। यसले गर्दा डिजाइन र निर्माणमा एक रूपता कायम हुन सकेको छैन।

डिजाइन एन्ड बिल्ड मोडलमा डिजाइन गर्नेले नै ठेक्का प्राप्त गर्ने गर्छ। नेपालमा २०६६ सालदेखि नै डिजाइन एन्ड बिल्ड मोडलमा ठूला पुल निर्माण भइरहेका छन्। विकसित देशमा यही मोडलबाट मात्रै निर्माण गरिन्छ। विकसित देशले डिजाइनबीच प्रतिस्पर्धा गरेर ठेक्का लगाउने गर्छन। डिजाइनबीच प्रतिस्पर्धा गराउँदा डिजाइनमा खर्च हुने रकम सरकारले व्यहोर्नुपर्ने हुन्छ।

नेपालमा डिजाइनबीच प्रतिस्पर्धा गराउन तत्काल सम्भव नभएको उनको जिकिर छ। सरोकार निकायले तयार पारेको मूल्यांकनका आधारमा डिजाइन र निर्माण गर्न योग्य ठेकेदार छनोट गरिनेछ। निर्माण व्यवसायी र सरोकार निकायबीच विवाद आउन नदिन प्रोग्राम फर रिजल्ट वेसका आधारमा निर्माण गरिनेछ। यसरी काम गर्दा ठेकेदार र महाशाखा दुवैको आर्थिक भार कमपर्ने उनले बताए।

यसका लागि महाशाखाले आवश्यक मापदण्ड बनाउनेछ। ठेक्का प्राप्त गर्ने कम्पनीलाई डिजाइन र पुलको लम्बाइका आधारमा भुक्तानी दिने व्यवस्था मिलाइने उनको भनाइ छ।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.