होमियोप्याथी स्थापित चिकित्सा पद्धति

होमियोप्याथी स्थापित चिकित्सा पद्धति

जीवनको उत्पत्तिसँगसँगै रोगको पनि जन्म भयो। यी दुवै सँगै हुर्के र सँगै खेले, मौका छोपी एकले अर्कालाई पछार्ने काम हुँदै आए। मानिस प्रकृतिको सर्व श्रेष्ठ बौद्धिक प्राणी भएकाले लामो समयसम्म यस संसारिक यात्रामा स्वस्थ्य भई संलग्न रहने उद्देश्यले रोगोपचारका विधिको खोजीमा लाग्यो। फलस्वरूप अहिले विश्वमा रोगोपचारका विभिन्न पद्धतिको विकास र प्रयोग भइरहेको छ।

इतिहासमा केही चिकित्सा पद्धति सामाजिक स्वीकृति अभावमा अस्तित्व गुमाउँदै लोप भए भने केही उपचार विधि आफ्नो मौलिक गुण र विशिष्टताका आधारमा लोकप्रिय भए। त्यसमध्ये एक हो—होमियोप्याथी। होमियोप्याथी विश्वमा स्थापित चिकित्सापद्धतिमा दोस्रो स्थानमा छ। लोकप्रिय एवं जनमानसमा स्वीकार गरी अपनाइएको चिकित्सा पद्धति हो। जुन लगभग दुई सय वर्षभन्दा बढी समयदेखि जनस्वास्थ्यको विषय बनेको छ।

होमियोप्याथी अर्थात रोगको सदृश चिकित्सा विज्ञान १८ औं शताब्दीको अन्त्यतिरको एउटा चमत्कारी तर वैज्ञानिक चिकित्सा जगत्को उपलब्धि हो। यसको चिकित्सा दर्शनले विश्वलाई एक नयाँ चिकित्सा दर्शन दिएको छ, जसको कुनै विकल्प छैन। होमियोप्याथीले विश्व स्वास्थ्य मिसनलाई पूरा गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ। जसको परिणाम आज हाम्रोसामु छ। होमियोप्याथी आज विश्वको नब्बेभन्दा बढी मुलुकमा मुख्यरूपले दक्षिण र उत्तरी अमेरिका, भेनेजुएला, अर्जेन्टिना, जर्मनी, युक्रेन, रुस, कनाडा, बेलायत, अमेरिका फ्रान्स, जापान आदि मुलुकमा प्रचलित छ।

महत्त्वपूर्ण पक्ष भारत, श्रीलंका, पाकिस्तान, ब्रिटेन, नेपाल आदि देशका स्वास्थ्य सेवामा होमियोप्याथीलाई पनि समावेश गरिएको छ। एक रिपोर्टका अनुसार विश्वमा लगभग १५ प्रतिशत भन्दा बढी मानिस होमियोप्याथिक चिकित्सा पद्धतिद्वारा आफ्नो रोगको उपचार गराउन चाहन्छन्। आफ्नो जन्मको लगभग २३० वर्षभित्रै समुद्रको गहिराइ पार गर्दै विश्वको महत्त्वपूर्ण देशमा फैलिएर जनस्वास्थको विकल्प बन्नेतर्फ अग्रसर छ। ध्यान दिनुपर्ने के छ भने विश्वका अन्य कुनै पनि चिकित्सा पद्धति यस्तो छैन जसको औषधि या उपचार विधि सरल, सौम्य, सुरक्षित, पीडामुक्त एवं दुष्प्रभावरहित होस्। यसको साथै संसारमा प्रचलित अन्य चिकित्सा पद्धतिमध्ये कसैको दर्शन लिखित या निश्चित छैन।

होमियोप्याथी नै एकमात्र चिकित्सा पद्धति हो जसको दर्शन एवं सिद्धान्त निश्चित छ।

होमियोप्याथी नै एकमात्र चिकित्सा पद्धति हो जसको दर्शन एवं सिद्धान्त निश्चित छ। यसमा रोगीको आचार, विचार, व्यवहार, शारीरिक बनावटदेखि लिएर उसको मनोभावना एवं व्यक्तित्व समेतलाई मध्यनजर राख्दै औषधि छनोट गरिन्छ। सिमलिमम (समान) औषधिको सेवनलै नै बिरामीलाई पूर्ण स्वास्थ बनाउँछ। होमियोप्याथीको खास विषेशता भनेको रोगीको उपचार आरम्भ गर्न तामझाम तथा धेरै जाँचपडताल आवश्यक पर्दैन। आज पूरै विश्वमा जहाँ एलोप्याथिक उपचार गरिबको पहुँचबाट टाढा हुँदै गइरहेको छ। त्यही अपेक्षाकृत कम खर्चिलो हुने भएकाले होमियोप्याथिक उपचार आम मानिसको पहुँचमा छ। केवल होमियोप्याथी औषधी नै यस्तो छ, जसले आम मानिसलाई अत्यधिक महँगो औषधिको जालबाट निकाल्न सक्छ। विश्वमा होमियोप्याथिक चिकित्साबिना सम्पूर्ण स्वास्थ्यको कल्पना सम्भव छैन।

होमियोप्याथी सेवामा विस्तारको असीमित सम्भावना विद्यमान छ। विषेशगरी विकासशील मुलुकमा स्रोतसाधनको पूर्णतया अभाव छ। सर्वसाधारणको आर्थिक अवस्था निम्न छ। त्यहाँ होमियोप्याथिक चिकित्साको महत्त्व अझ बढ्न जान्छ। नेपालको स्वास्थ्य क्षेत्रमा होमियोप्याथिक चिकित्साले २००७ सालदेखि नै प्रभावकारी भूमिका निर्वाह गर्दै आइरहेको छ। होमियोप्याथिक चिकित्साको क्षेत्रमा डा.हेनिमेनद्वारा प्रतिपादित सार्वभौम दर्शन एवं सिद्धान्तप्रति आमजनमानसमा सचेतना जागृत गर्ने बेला आइसकेको छ। किनभने डा.हेनिमेनले विश्वलाई एउटा यस्तो चिकित्सा पद्धति दिएर गएका छन्, जसको हालसम्म कुनै विकल्प छैन।

प्रेरणादायी व्यक्तित्वका उपलब्धि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय समस्या समाधान, विशिष्ठ विचार एवं दर्शन तथा सिद्धान्तका प्रति जनचेतना विकसित गर्न अनेक प्रकारका विश्व दिवसको आयोजना बेलाबेलामा विभिन्न एनजीओ/आईएनजीओका माध्यमबाट गरिँदैछ। हरेक वर्ष १० अप्रिलका दिन होमियोप्याथीका जन्मदाता डा. हेनिमेनको जन्मजयन्ती तथा विश्व होमियोप्याथिक दिवस विभिन्न कार्यक्रम आयोजना गरी विश्वभरी मनाइँदैछ। नेपालमा पनि यो दिवस मनाउन थालिएको धेरै वर्ष भइसकेको छ। जीवनको अन्तिम क्षणमा पनि मानव सेवामा समर्पित डा.हेनिमेनको सन् १८४३ जुलाइ २ मा ८९ वर्षको उमेरमा पेरिसमा निधन भयो। उनी बितेको धेरै वर्ष भइसक्यो तर उनले विकास गरेको उपचार पद्धति संसारभर पुगेको छ। यस आधारमा भविष्यमा डा.हेनिमेनले विकास गरेको होमियोप्याथी संसारकै सबैभन्दा प्रभावकारी उपचारपद्धतिका रूपमा स्थापित हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.