पूर्वसांसद गोल्छाको निधन

पूर्वसांसद गोल्छाको निधन

काठमाडौं : पूर्वसांसद एवं उद्योगपति दिवाकर गोल्छाको उपचारका क्रममा निधन भएकाे छ। भारतको चेन्नईमा उपचारको क्रममा गयराति निधन भएको हो।  उनी मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए ।

यसैबीच नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वसांसद एवं प्रसिद्ध उद्योगपति गोल्छाको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले बुधबार एक शोक विज्ञप्तिमार्फत उनको निधनबाट नेपालको औद्योगिक क्षेत्रमा अपूरणीय क्षति पुगेको र राष्ट्रले एक कुशल उद्योगपतिलाई गुमाएको उल्लेख गरेका हुन् । देउवाले स्व गोल्छाको आत्माको चीर शान्तिको कामना गर्दै उनका शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

यसैगरी नेपाली कांग्रेस स‌ंसदीय दलको कार्यालयले पनि शोक विज्ञप्ति जारी गरेको छ। प्रमुख सचेतक बालकृष्ण खाणद्वारा जारी विज्ञप्तिमा नेपालको औद्योगिक विकासमा सक्रिय रहँदै आएका स्व. गोल्छाको निधनले नेपालको औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गरिएको छ। 

स्व गोल्छा विसं २०६४ को संविधानसभामा काङ्ग्रेसकातर्फबाट सभासद् बनेका थिए। नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वउपाध्यक्षसमेत भएका थिए ।



 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.