टेबुलटेनिसमा बाजे र नातिनी भिड्दै

टेबुलटेनिसमा बाजे र नातिनी भिड्दै

दाङ : पूर्वएसएसपी गोवद्र्धन श्रेष्ठ ६७ वर्षका भए । उनी आठाैं राष्ट्रिय खेलकुदमा टेबुलटेनिसका प्रतियोगी हुन् । प्रहरी सेवामा लामो समय काम गरेका श्रेष्ठ अहिले पनि त्यत्तिकै जाँगरिला र फुर्तिला छन् ।

नेपाल पुलिस क्लबको तर्फबाट आठौंमा प्रतियोगीको रूपमा नाति पुस्तासँग उनले पनि भाग लिएका छन् । बुधबारदेखि दाङको घोराहीमा सुरु भएको टेबुलटेनिसमा उनी प्रतिस्पर्धीको रूपमा सहभागी मात्रै भएका छैनन् फरक रूपमा आफूलाई चिनाएका छन् । उनीसँगै उनकी आठ वर्षीया नातिनी शुभ श्री श्रेष्ठ पनि प्रतियोगी बनेकी छन् । १४ वर्ष उमेरसमूहसम्ममा प्रतियोगीहरूलाई पछि पारेकी शुभ श्री प्रतियोगिताको सबैभन्दा कान्छो उमेरकी सहभागी पनि हुन् ।

शुभ श्री ६ वर्षदेखि नै टेबुलटेनिस खेल्दै आएकी छन् । प्रतियोगितामा सबैभन्दा बढी उमेर र कम उमेरका खेलाडी एउटै घरमा छन् । परिवारमा श्रेष्ठका छोरा, छोरी, नातिनी सबै टेबुलटेनिसकै खेलाडी रहेको उनले सुनाए । ‘छोरी र म त अन्तर्राष्ट्रिय स्तरकै प्रतियोगितामा सहभागी भएका छौं’ श्रेष्ठले भने, ‘अब नातिनीको पनि खेलप्रति चासो बढेको छ ।’ पूर्वएसएसपी श्रेष्ठले युवा पुस्तालाई खेलप्रति आकर्षण गर्न पनि आफूले टेबुलटेनिसलाई महŒव दिएको बताए । उनले भने, ‘कम उमेरका छोरा नातिसँग खेल्दा धेरै नै आनन्द आउँदो रहेछ । खेलप्रति विश्वास र लगाव सबैमा हुनुपर्छ ।’

सन १९८३ देखि ८६ सम्मका सबै प्रतियोगितामा टेबुलटेनिसतर्फ च्याम्पियन भनेको बताए । आफूसँगै उनले प्रतियोगितामा नाति पुस्ता पनि सहभागी गराउँदा प्रतियोगिताको रोमाञ्च बढेको दाङ जिल्ला टेबुलटेनिस संघका अध्यक्ष सीताराम शर्मा आचार्यले बताए । ‘उहाँबाट हामीले धेरै सिक्नुपर्छ’, उनले भने, ‘यो उमेरमा प्रतियोगितामा भाग लिने व्यक्ति हाम्रा लागि देवतै हुन् ।’

कम उमेरकी सहभागी शुभ श्रीले बुवा र बाजेको खेल प्रेमले आफू प्रतियोगितामा सहभागी भएको बताइन् । उनले घरमा बुवा र बाजेले टेबुलटेनिस सिकाउने गरेको भन्दै सहभागी भएकोमा धेरै खुसी रहेको बताइन् । बुधबारदेखि दाङमा सुरु भएको टेबुलटेनिस खेलमा बाजे नाति पुस्ता प्रतियोगितामा देखिएपछि प्रतियोगितामा फरक ऊर्जा आएको खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीले बताए । प्रतियोगिताको पूर्व युवा तथा खेलकुदमन्त्री दलजित श्रीपालीले उद्घाटन गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.