तीस लाखको ‘रानु कम्मर’
काठमाडौं : छायांकनकै क्रममै रहेको फिल्म सानो मनको ट्रेलर सार्वजनिक गरिएको छ । नेपाली फिल्म उद्योगमा गीतको ट्रेलर सार्वजनिक गरिएको यो पहिलो प्रयोग हो ।
फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको पार्टी गीतको ट्रेलर सार्वजनिक गर्दै निर्माण युनिटले नौलो थालनी गरेको बताएको छ । गीतमा आयुष्मान देशराज जोशी र शिल्पा मास्केले नृत्य गरेका छन् ।
यो गीतको भिडियो बलिउडका कोरियोग्राफर साजन सिंहले निर्देशन गरेका छन् । उनी बलिउड सुपरस्टार सलमान खानका पर्सनल डान्स ट्रेनर हुन् । गीतमा रोमन बज्राचार्य, सुयोग गुरुङ र सिमा राईको स्वर छ । फिल्को निर्देशन सुयोग गुरुङले गरिरहेका छन् ।
३० लाखको लागतमा गीत तयार भएको निर्देशक गुरुङले जानकारी दिए । नयाँ वर्षको अवसर पारेर गीत सार्वजनिक गरिने भएको छ । म्युजिकल लभस्टोरी जनरामा निर्माण हुने यसको छायांकन अहिले अन्तिम चरणमा छ । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारको अभिनय रहेको यो फिल्मको कथा समिर सुनवार र निर्देशक गुरुङले लेखेका हुन् ।