पारिवारिक जमघटमा मदिरा
काठमाडौं : समाजिक रूपान्तरणसँगै मदिरालाई हेरिने नजरिया परिवर्तन हुन थालेको छ। पछिल्लो समय नेपाली समाजमा ड्रि«ङक्स ‘मदिरा’ पारिवारिक जमघटलाई रमाइलोमा बदल्ने माध्यमका रूपमा विकसित भइरहेको छ। चाड पर्व होस् वा कुनै विशेष कार्यक्रम परिवारका सदस्य मिलेर ड्रि«ङक्स गर्ने संस्कृति विकास हुँदै गएको मनोचिकित्सक रवी शाक्य बताउँछन्।
नेपाली समाज मिश्रित छ। यहाँका धेरै जनजातिमा जन्मदेखि मुत्यु संस्कारसम्म मदिरा प्रयोग गरिन्छ। नेवार, मगर, गुरुङ, राई, लिम्बूलगायत जातिमा सामूहिकरूपमा मदिरा सेवन गर्ने चलन छ। मदिरा नचल्ने जातका रूपमा लिने गरिएका बाहुन र क्षेत्री पनि पछिल्लो समय पारिवारिक वातावरणमै मदिरा सेवन गर्न थालेका छन्। अधिक र अनियन्त्रित तरिकाले मदिरा सेवन गर्नुभन्दा पारिवारिक वातावरणमा घुलमिल हुन सहज हुने गरी अनुशासित भएर पिउनुलाई नकारात्मक रूपमा लिन नहुने शाक्यको भनाइ छ।
‘घर बाहिर लुकीलुकी मदिरा पिउने व्यक्ति समाजमा धेरै छन्। योभन्दा सौहाद्रपूर्ण वातावरणमा पारिवारको साथमा पिउने विषय सकारात्मक हो। यस्ता कार्यले परिवारसँग खुला रूपमा विचार राख्न सक्ने वातावरण विकास गर्छ। धेरै व्यक्ति परिवारका सदस्यसँग पनि घुलमिल हुन सकिरहेका हुँदैन। त्यस्ता व्यक्तिको प्रवृत्ति सुधार्न तथा मनोभाव सहजरूपमा राख्न सहयोग प्रदान गर्छ।’
बूढानिलकण्ठका रामशरन पराजुली विगत तीन वर्षदेखि परिवारकै साथमा मदिरा पिउँदै आएका छन्। ‘मदिरा सँधै पिउने हैन। रमाइलोका लागि थोरै पिउने हो। आमाबुबा पनि छोराछोरीको भावना बुझ्ने खालको हुनुहुन्छ’, पराजुलीले भने, ‘उहाँहरूको साथमा विशेष अवसरमा परिवारका सदस्य भेला भएर पिउने गरेका छौं।’
उनले साथीभाइको संगतले मदिरा सेवन गर्न उनले सुरु गरेका हुन्। साथीभाइसँग बाहिर बसेर मदिरा पिउनुभन्दा परिवारका सदस्य मिलेर कहिलेकाँही पिउँदा सुरक्षित हुने आमाबुबाको सुझाव अनुशरण गरेको उनको भनाइ छ। ‘साथीभाइबीच कसले धेरै पिउने भन्ने प्रतिस्पर्धा हुन्छ। तर परिवारका सदस्यमा त्यस्तो हुँदैन’, उनले भने, ‘आमाबुबा, भाइ र बहिनीसँगै हुने भएकाले सुरक्षित रूपमा पिउनुपर्छ भन्ने सोच आउँछ।’ घरमै बसेर थोरै पिएर नाचगानगर्दाको मज्जा बेग्लै हुने उनको भनाइ छ।
यस्तै धुम्बराहीका अनमोल पौडेल पनि घरमै मदिरा पिउने गरेको बताउँछ। तर उनको आमा बुबा भने मदिरा पिउँदैन तर बाहिर गएर खानुभन्दा घरमै साथीभाइलाई बोलाएर पिउन भने उनको परिवारले छुट दिएको छ। २२ वर्ष लागेका पौडेलले ९ कक्षा पढ्दा पहिलोपटक मदिरा पिएको बताउँछन्। विगत स्मरण गर्दै उनले भने, ‘एसएलसीमा साथीले डिस्टिङ्सन ल्याएको उपलक्ष्यमा आयोजित पार्टीमा पहिलोपटक मदिराको स्वाद लिए।
११, १२ कक्षामा पढ्दा साथीभाइसँग मिलेर परिवारको आँखा छल्दै कहिले काँही मदिरा पिउन थाले। एक दिन मदिरा पिएको घरमा थाहा पाएर बुबाले पिटेको पनि उनले सुनाए। पहिला जस्तो अहिले समाजले मदिरा पिउनुलाई नकारात्मक रूपमा लिने गरेको छैन। १२ को परिक्षा पछि उनले घरमै पार्टी गर्ने प्रस्ताव परिवारमा गरेका थिए।
बुबाले मदिरा तथा मासुको जोहो गरिदिनु भएको उनको भनाइ छ। आमाबुबालाई सोधेरे उनी मदिरा पिउने गरेको बताउँछन्। ‘मदिरा पिउन मन लागेमा अभिभाकलाई प्रस्ताव गर्ने गरेको छु। उहाँहरूले पनि बाहिर गएर खानुभन्दा साथीलाई घरमै बोलाएर खान भन्नु हुन्छ’, पौडेलले भने, ‘उहाँहरूले पिउने नगरे पनि साथमै बसेर सहयोग गर्नु हुन्छ।’
यती ब्रुअरीका ब्रान्ड म्यानेजर अनिशचन्द्र गौतमका अनुसार समाजिक मनोविज्ञानमा आएको परिवर्तनसँगै परिवारका सदस्य मिलेर मदिरा पिउने संस्कृति विकास हुँदै गएको छ। मदिरालाई सामाजिक ड्रि«ङक्सका रूपमा लिने गरिएको छ। थोरै र नियन्त्रित मदिरा सेवन स्वास्थ्यका लागि फाइदाजनक हुने अनुसन्धानले देखाएको छ।
‘परिवारिक माहोललाई रमाइलोमा बदल्न मदिराको चुस्किले मद्दत पु¥याउँछ। परिवारिक सम्बन्ध प्रगाढ राख्न सहयोग गर्छ’, गौतमले भने, ‘बाहिर बसेर खानुभन्दा घरमै बसेर खानु सुरक्षित हुने विश्वास बढ्दो छ। परिवारसँग बसेर खाँदा झगडा र दुर्घटनाको जोखिम पनि कम हुन्छ।’
भक्तपुरका प्रभावकार थापा पनि कहिलेकाँही छोरासँग बसेर ड्रिङक्स गर्ने गरेको बताउँछन्। मोटरसाइकल चलाउने छोरालाई सुरक्षित राख्न पारिवारिक वातावरणमै मदिरा पिउन थालेको उनको भनाइ छ। ‘अहिले बच्चा कहिले काँही मदिरा पिउने गर्छन्’, थापाले ‘नियन्त्रितरूपमा मदिरा सेवन गर्नु नकारात्मक हैन। म पनि कहिलेकाँही पिउने गर्छु।’ छोरासँग उनीहरूको कुरा सुन्दै घरमा मदिरा पिउँदा फाइदा पुगेको उनको भनाइ छ।
प्राइभेट ल फार्म सञ्चालन गर्ने उनी र इन्जिनियर पढ्ने छोरासँग विरलै वार्तालाभ हुन्थ्यो। ‘बाउछोराबीच प्रागाढ सम्बन्ध स्थापित हुन सकेको थिए। सँगैबसेर मदिरा पिउन थालेपछि छोरा खुलेर कुरा गर्ने भएको छ। उसले आफ्नो व्यक्तिगत कुराकानी पनि सेयर गर्न थालेको छ।