फोक्सुण्डोमा साइकल पदमार्गको अध्ययन

फोक्सुण्डोमा साइकल पदमार्गको अध्ययन

डोल्पा : माउण्टेन बाइक संचालनका लागि फोक्सुण्डोसम्मको पदमार्ग अध्ययन गरेर साइकल यात्रीको एक टोली काठमाडौं फर्किएको छ। डाउनहील च्याम्पीयन बिजेता २३ वर्षीया निष्मा श्रेष्ठ र नेपाली सेनाकी सेनानी लक्ष्मी गुरुङसहित ४ जनाको टोलीले साइकल यात्राको पदमार्गको स्थलगत अध्ययन गरेको छ। 

गत मार्च गोर्कणमा चौथो पटक डाउनहील साइकल च्याम्पीयन निष्माले डोल्पामा पनि साइकल यात्राको सम्भावना रहेको भन्दै पहिलो पटक हिँडेर पदमार्गको अध्ययन गरेको निष्माले जानकारी दिइन्। 

उनले भनिन्, 'अब सबैभन्दा धेरै साइकल यात्रीहरु डोल्पामा आउने सम्भावना छ। किनकी आजसम्म साइकल यात्राका रुटहरु भन्दा डोल्पाको पदमार्ग अत्यन्तै सहज र प्राकृतिक छ। 

डाउनहिल,अपहिल र क्रस रेसिङका लागि अति उत्तम पदमार्ग डोल्पाको फोक्सुण्डोसम्म आफूहरुले नै साइकल यात्रा सुरु गर्ने निष्माले बताइन्। सदरमुकाम दुनैबाट करिब ३३ किलोमिटरको दूरीमा पर्ने नेपालकै गहिरो ताल फोक्सुण्डोसम्म साइकलको लागि प्राकृतिक र मनमोहक पदमार्ग रहेकाले स्थानीय सरकारले पदमार्ग सुधारका लागि विशेष पहल गर्नुपर्ने साइकल यात्री सुशिला राइले जोड दिइन्।

विदेशी मात्रै हैन स्वदेशी पर्यटकले समेत नचिनेको डोल्पाको पर्यटकीय क्षेत्रबारे साइकल यात्राले थप प्रचारप्रसार गर्ने बारे स्थानीयलाई जानकारी नभएको सेनानी लक्ष्मी गुरुङले बताइन्।

तीनै तहको सरकारले डोल्पाको पर्यटकीय पदमार्ग र स्थलका बारेमा कुनै चासो नदिएको देखेको गुरुङले दावी गरिन्।उनी भन्छिन्,' कता जाने, कति समय लाग्छ, कुनै जानकारीमुलक नक्साहरु नै छैनन्।'

काठमाडौंबाट डोल्पाको फोक्सुण्डोसम्म आउने र लाग्ने खर्चका साथै घुम्नै पर्ने ठाउँका बारेमा कतैपनि जानकारी दिने नक्सा र प्रचारप्रसारर नभएकाले यहाँ पर्यटक आउन नसकेको निष्माको दावी छ। 

कतैकतै साँघुरोबाटो छ, त्यस्तो बाटोहरु चौडा गराएर डोल्पाको फोक्सुण्डोमा पनि माउण्टेन बाइक कुदाउन सम्भव छ पदमार्ग भरपर्दो छ भन्ने खाले सन्देश स्वदेशमा मात्रै हैन  विदेशमा समेत दिनुपर्ने मेजर लक्ष्मी गुरुङले आग्रह गरिन्। 

साविकको कर्णाली अञ्चलबाट पहिलो साइकल चालक रहेको कर्णालीमा साइकल पदमार्गका बारेमा देशविदेशमा चिनाउने लक्ष्यमा हिँडिरहेको डोल्पाका साइकल यात्री रामचन्द्र बस्नेतले जानकारी दिए। 

सरकारले लगानी नै नगरेको र जति बेला पनि दुर्गम र विकटको बिल्ला लगाइ रहने डोल्पा पर्यटकीय हब हो भन्न चिनाउन आफू साइकल चालक बनेको बस्नेतले बताए। 

पहिलो पटक डोल्पाको फोक्सुण्डो पुगेको निष्माको टोलीले डोल्पा पुग्न कठिन छैन भन्ने सन्देश लिने बताए।टोलीको एउटै सन्देश छ- 'डोल्पामा खाने कुरा, बस्न ठाउँ प्रशस्त मात्रामा रहेको, फोक्सुण्डो पुग्न कुनै कठिन छैन।'

'डोल्पा आउन हवाई सेवा मात्रै चाहिँदैन, पैदल मार्ग पनि सहज रहेको भन्दै डोल्पा आउन शाहसिक चाहिँदैन,मन भए पुग्छ भन्ने सन्देश दिने उनीहरुले बताए।

डोल्पामा आउने पर्यटकलाई स्वागतको कमी स्थानीयले हुन नदिएको अनुभुति गरेको र चोरी लुटपाट हुन्छ भन्ने कुरा गलत भएको निष्माले दावी गरिन्।उनले हामी दिन्छौं सन्देश, डोल्पा एक पटक पुग्नुस्, सहज छ भनेर सबैसँग सन्देश पुर्‍याउने बताइन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.