एएफसी च्याम्पियनसीप: यु-१६ फुटबल खेलाडी छनौट सुरु

एएफसी च्याम्पियनसीप: यु-१६ फुटबल खेलाडी छनौट सुरु

सिमरा: यु-१६ एएफसी च्याम्पियनसीप फुटबल प्रतियोगिता छनोट चरणको खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले देशभरीबाट खेलाडी छनौट थालेको छ। 

यसै वर्ष हुने प्रतियोगिताको लागि राष्ट्रिय टिम तयार पार्न एन्फाले ४८ जिल्लाबाट खेलाडी छनौट सुरु गरेको हो। देशका १३ स्थान भइरहेको छनौट खेलअन्तर्गत शुक्रबारदेखि बाराको सिमरा रंगशालामा चार जिल्लाको छनौट सुरु भएको छ।
 

छनौटमा बारासहित पर्सा, मकवानपुर र रौतहट गरी चार जिल्लाका ९५ खेलाडी सहभागी छन्। जिल्लाबाट छनौट भएर आएका खेलाडीलाई एन्फाका प्रशिक्षकले छनौट गरिरहेका छन्। छनौटका लागि एन्फाबाट प्रशिक्षक चेतनारायण श्रेष्ठ, विनोद महर्जन र मेघराज केसी आएका छन्।

प्रशिक्षक श्रेष्ठले विभिन्न जिल्लाबाट छनौट भएर आएका खेलाडीमध्येबाट उत्कृष्टलाई छनौट गरेर काठमाडौं लगिने जानकारी दिए।यहाँबाट हामी उत्कृष्ट छान्नेछौं र उनीहरुको अन्तिम छनौट काठमाडौमा हुनेछ। त्यहाँबाट राष्ट्रिय टिम छनौट हुनेछ,' श्रेष्ठले भने।

श्रेष्ठका अनुसार १६ वर्ष मुनिको खेलाडी छनौटका लागि बाराबाट २५, रौतहटबाट २२, मकवानपुरबाट १५ र पर्साबाट १ खेलाडी सहभागी छन्। यसैगरी आधारभूत तहबाटै फुटबल खेलको विकास गर्न एन्फाले १३ वर्ष मुनिको खेलाडी छनौट पनि भइरहेको छ।एन्फा एकेडेमी धरान र बुटवलको एकेडेमीका राख्नका लागि सुरु भएको छनौटमा चार जिल्लाका ५९ खेलाडी छन्। 

उनीहरुमध्येबाट उत्कृष्ट खेलाडी छनौट गरी काठमाडौं लगिने एन्फा बाराका बरिष्ठ उपाध्यक्ष एवम् छनौट खेलका सम्पर्क व्यक्ति रामचन्द्र लामाले जानकारी दिए। लामाका अनुसार छनौट शनिबारसम्म चल्नेछ। 

एन्फाले ४८ जिल्लाभरीबाट दुबै उमेर समूहको खेलाडी छनौट गर्नका लागि तोकेको १३ स्थानमा बारासहित धनकुटा, धनुषा, तनहु, कैलाली, काभ्रे, सुनसरी, कास्की, इलाम, रुपन्देही, दाङ र एन्फा कम्प्लेक्स सातदोबाटो रहेको छ। १३ स्थानबाट छनौट भएका खेलाडीको अन्तिम छनौट काठमाडौंमा हुनेछ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.