आठौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा पुलिस च्याम्पियन

आठौँ राष्ट्रिय खेलकुद : टेबल टेनिसमा पुलिस च्याम्पियन

दाङ : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत टेबल टेनिसमा नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ।

दाङको घोराहीमा भएको प्रतियोगिताका ७ खेलमा सशक्त प्रर्दशन गरेको पुलिस ६ स्वर्ण ३ रजत र १ काश्य पदक हात पार्दै राष्ट्रिय टेबल टेनिसको च्याम्पिएन बन्न सफल भएको हो। 

त्यस्तै प्रतियोगितामा सशस्त्र प्रहरीको एपीएफ १ स्वर्ण, २ रजत र ५ काश्य पदक हात पार्दै उपविजेता बन्यो भने नेपाल आर्मी २ रजत ४ काश्य पदकका साथ तेस्रो स्थान हात पार्न सफल भयो। त्यस्तै प्रदेश नं ३ ले ३ काश्य र प्रदेश नं ५ ले १ काश्य पदक हात पारेका छन्। 

३५ भन्दा बढी खेल समावेश यसपटकको राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेलहरू २७ गतेदेखि नै सुरु भइसकेका छन्। खेलकुद प्रतियोगिताको औपचारिक उद्‍घाटन वैशाख ५ गते राष्ट्रपतिले नेपालगञ्जा गर्दैछिन्।

वुमन्स् सिंगलमा पुलिसकी नविताको रेर्कड 

नेपाल पुलिस क्लबकी नवीता श्रेष्ठले वुमन्स् सिंगल इभेन्टसको सर्वाधिक रेर्कड बनाएकी छन्। 

आठौँ राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको वुमन्स सिंगलमा स्वर्ण पदक हात पारेकी उनले राष्ट्रिय प्रतियोगितामा लगातार आठौँ पटक जित हात पार्दै वुमन्स सिंगलको सर्वाधिक रेर्कड बनाउन समेत सफल भइन्। उनले फाइनलमा नेपाल पुलिसकै एलिना मर्हजलाई ४–२ को सेटमा पराजित गरिन्। 

पुलिसका स्यान्टुको ह्याट्रिक राष्ट्रिय टेबल टेनिसको मेन्स सिंगलमा नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठले ह्याट्रिक गर्न सफल भए।

आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबकै प्रदिप रोकालाई ४–० को सोझो सेटमा पराजित गर्दै स्वर्ण पदक हात पारेका स्यान्टुले राष्ट्रिय प्रतियोगितामा लगातार तीन पटक जित निकाल्दै ह्याट्रि बनाएका हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.