आज जुडशीतल पर्व मनाइँदै,  प्रदेश २ मा सार्वजनिक बिदा

आज जुडशीतल पर्व मनाइँदै,  प्रदेश २ मा सार्वजनिक बिदा

सिरहा : प्रत्येक वर्षको बैशाख २ गते मधेशका जिल्लाहरुमा जुडशितल पर्व मनाउने गरिन्छ। आजको दिन बिहानैदेखि गाउँगाउँमा आफुभन्दा सानाको शिरमा(टाउको)  जल थपथपाएर आर्शीवाद दिने गरिन्छ। बुबाआमा, गुरु, मान्यजन एवम् जेष्ठ सदस्यले आफूभन्दा सानाको शिरमा जल रालेर आर्शीवाद दिँदै पर्व मनाउन आज पनि सुरु भइसकेको छ।

वर्षभरि शितलता, सुख, समृद्धि, शान्ति, दीर्घायु एवम् उत्तरोत्तर प्रगति होस् भन्ने ठुलाबडा एवम् जेष्ठ सदस्यले आफूभन्दा सानालाई आशीर्वाद दिने गर्छन्। आजका दिन रुखविरुवामा पानी हाल्नुको साथै खेतबारीमा मलजल गर्ने परम्परा छ। 

सूर्यको तापबाट आकुलव्याकुल मानव लगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य हो। नयाँ वर्षमा जल सिँचित गर्दा बालबालिकाको मस्तिष्क शीतल हुने र वर्षभरि नै उसले राम्रो काम गर्ने जनविश्वास रहेको छ। आजैका दिन केही स्थानमा हिलोपानी पनि खेल्ने गरेका छन्। 

घरघरमा विशेष परिकार बनाएर खाने चलन छ। सिरहाको लक्ष्मीपुर पतारी, पकडीयागढ र सदरमुकाम सिरहामा मेला आयोजना हुने गरेका छन्। जुडशीतल पर्व मनाउन प्रदेश २ सरकारले सार्वजनिक बिदासमेत दिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.