गण्डकी प्रदेशमाथि आर्मीको  ८ गोल

गण्डकी प्रदेशमाथि आर्मीको  ८ गोल

तौलिहवा : ८औं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलतर्फ शुक्रबार बिहान भएको आर्मीले क्लब विजयी भएको छ । कपिलवस्तुको बुद्ध रंगशालामा भएको खेलमा आर्मीले  गण्डकी प्रदेशलाई ८–० ले पराजित गर्दै विजयी यात्रा जारी राखेको हो । 

खेलको पहिलो हाफमा दुई गोलले अग्रता बनाएको आर्मीले दोस्रो हाफको खेलमा गोलको वर्षा ग¥यो । खेलको ५औं मिनेटमा कृष्णा खत्रीले पहिलो गोल गरी आर्मीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । यस्तै खेलको १५औं मिनेटमा विमला चौधरीले दोस्रो गोल गरिन्।

यस्तै दोस्रो हाफको क्रमशः ५६औं र ७४औं मिनेटमा सपना लामाले दुई गोल गरिन् । यस्तै इन्दिरा राईले ६०औं मिनेटमा गोल गरिन । पहिलो हाफमा पहिलो गोल गरेर टिमलाई अग्रता दिलाएकी कृष्णा खत्रीले दोस्रो हाफको ७३औं, ८० औं मिनेट र अतिरिक्त समयमा गोल गरिन खत्रीले प्रदेश नं. १ काविरुद्ध ४ गोल गर्न सफल भइन् । खत्रीले बेस्ट प्लेयर अवार्डको उपाधि पनि प्राप्त गरिन । खत्री क्लबको कप्तान पनि हुन् ।


बिहीबार बिहान भएको खेलमा भएको खेलमा आर्मीले गण्डकी प्रदेशमाथि११–० गोल जित निकालेको थियो । प्रदेश नं. १  यस अघिको खेलमा एपीएफसाग ६–० ले पराजित भएको थियो । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.