लोकसभा निर्वाचनमा बलिउड कलाकारको दबदबा

लोकसभा निर्वाचनमा बलिउड कलाकारको दबदबा

मुम्बई : भारतमा अप्रिल ११ बाट सुरु भएको लोकसभा चुनावमा अघिल्ला चुनावमा जस्तै बलिउड कलाकारले चुनावी माहोल तताएका छन्। बलिउड कलाकार विभिन्न राजनीतिक दल प्रवेश गर्ने प्रचार गर्ने क्रम पनि बढेको छ। अभिनेत्री जया प्रदा केही दिनअघि भारतीय जनता पार्टी प्रवेश गरिन्। भने शत्रुघन सिन्हा भाजपा छोडेर भारतीय कांगे्रसमा प्रवेश गरे।

हालै मात्र भारतीय कांग्रेस पार्टीमा प्रवेश गरेकी अभिनेत्री उर्मिला मातोंडकर मुम्बईको नर्थ सिटमा संसदीय उम्मेदवार बनेकी छन्। बलिउडमा ‘रंगिला गर्ल’ को नामले समेत परिचित उनी मुम्बईका कांग्रेस अध्यक्ष मिलिन्द देवडासँग चुनाव प्रचारप्रसार गरिरहेकी छन्। उनको प्रचारले चुनावी माहोल एकदमै तातेको बताइएको छ।

आफ्नो सम्पत्ति लगभग ६८ करोड बताएकी उर्मिला भारतीय जनता पार्टीका नेता गोपाल सेट्टीसँग प्रतिस्पर्धा गर्दैछिन्। मुम्बई कांग्रेसका अध्यक्ष सञ्जय निरूपमले उर्मिलासँग चुनावी प्रचारमा रहेको र माहोल आफ्नो पक्षमा रहेको बताए। कांग्रेसले सेट्टीलाई हराउन हाई प्रोफाइल व्यक्ति खोजिरहेका थिए।

कांगे्रसले उक्त क्षेत्रबाट पार्टीकै प्रतिष्ठित नेतालाई प्रतिस्पर्धामा उत्रिन आग्रह गरे पनि उनीहरू मानेनन्। सन् २०१४ मा भएको लोकसभा निर्वाचनमा सो क्षेत्रबाट सेट्टीले निरूपमलाई हराएका थिए। २००४ मा भएको निर्वाचनमा उक्त क्षेत्रबाट अभिनेता गोविन्दले जितेका थिए।

यो बीजेपीको पकड क्षेत्र मानिन्छ। तर उर्मिलाको अगाडि गोपालको केही नलाग्ने विश्लेषकहरूको तर्क छ। गोविन्दाले बीजेपीका स्थापित नेता राम नाइकलाई हराएका थिए।

कांग्रेसले फेरि सन् २००४ कै इतिहास दोहोर्‍याउन चाहेको र चुनाव जित्न कुनै कसर बाँकी नराखेको राजनीतिज्ञहरूले अनुमान गरेका छन्। केही दिनअघि भारतीय जनता पार्टीको तर्फबाट उम्मेदवार बनेकी हेमा मालिनी किसानसँग खेतमै पुगेर गहुँ काटेको फोटो भाइरल बन्यो। उनले २०१४ को चुनावमा तीन लाख मतान्तरले जितेकी थिइन्। अभिनेता सञ्जय दत्तकी बहिनी प्रिय दत्त मुम्बईबाट चुनाव लड्दैछिन्।

तमिल अभिनेता प्रकाश राज बैंलोरबट चुनाव लड्दैछन्। अभिनेता राज बब्बर उत्तर प्रदेशको फतेकपुरीबाट चुनावमा भाग लिँदैछन्। टीएमसीको तर्फबाट मुनमुन सेन, मिमी चक्रवर्ती, नुसरत जहान आदि चर्चामा छन्। त्यस्तै, भाजपाको तर्फबाट भोजपुरी अभिनेता मनोज तिवारी मैदानमा छन्। एजेन्सी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.