‘शिवजीको प्रसाद’ दिँदै बेहोस बनाएर लुटपाट गर्ने दुईजना पक्राउ

‘शिवजीको प्रसाद’ दिँदै बेहोस बनाएर लुटपाट गर्ने दुईजना पक्राउ

विराटनगर : मोरङको लेटाङ नगरपालिका–५ स्थित बेहोस बनाएर एक महिलामाथि लुटपाट गरेको घटनामा संलग्न दुईजनालाई प्रहरीले १० महिनापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–१७ की २५ वर्षीया हजरा खातुन र २९ वर्षीय महमद अली रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए ।

उनका अनुसार दुबैजना २०७५ असार १७ गते साँझ पानी परिहरको बेला लेटाङ–५ की ३९ वर्षीया सुनिता लिम्बूको घरमा ओत लाग्न भनी आएका थिए । त्यसपछि सुनिताकै मोबाइल मागेर विभिन्न ठाउँमा फोन गर्दै आफूहरुसँग साथमा ५ लाख रुपैयाँ रहेकोले उक्त रकम राखिदिनु समेत भनेका थिए ।

त्यस क्रममा सुनिता र पति ४५ वर्षीय प्रेम लिम्बूलाई ‘शिवजीको प्रसाद’ भनेर यसले फलिफाप गर्ने दावी गर्दै रातो टीका लगाइदिएको प्रहरी अनुसन्धानमा खुलेको छ । डिएसपी श्रेष्ठका अनुसार उक्त टीका लगाइदिएपछि नै लिम्बू दम्पति बेहोस बनेका थिए । बेहोस बनेपछि सुनिताले लगाएको सुनको सिक्री, कानमा लगाउने पिंजडा, सुनको बाला, ५ हजार नगद, कपडा समेत गरेर दुई लाख भन्दा बढी लुटपाट गरेर दुबैजना त्यहाँबाट फरार बनेका थिए ।

सोही घटनाको लामो अनुसन्धानपछि वास्तविकता पत्ता लागेको जानकारी श्रेष्ठले दिए । घटनामा संलग्न दुबैजनालाई विराटनगर महानगरपालिका–४ बरगाछीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दुबैजना विरुद्ध मुलुकी फौजदारी कार्यविधी (संहिता) ऐन २०७४ बमोजिम अदालतबाट शुक्रबार म्याद थप गरेर अनुसन्धान थालिएको जानकारी डिएसपी श्रेष्ठले दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.