गाँजा भारत लैजाँदै गर्दा पक्राउ

गाँजा भारत लैजाँदै गर्दा पक्राउ

विराटनगर : लागुऔषध गाँजा भारततर्फ लिएर जाँदै गरेको अवस्थामा प्रहरीले एकजनालाई नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको छ। मोरङको जहदा गाउँपालिका-१ का ३९ वर्षीय दिनेश राजभर विराटनगर महानगरपालिका-१८ स्थित खोक्साबाट पक्राउ परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए। उनका अनुसार इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक इन्द्रबहादुर राना नेत्रृत्वको टोलीले झोलामा गाँजा राखेर भारततर्फ पैदल नै जाँदै गरेको अवस्थामा राजभरलाई पक्राउ गरेको हो। 

पक्राउ परेकाको साथबाट चार किलोग्राम गाँजा बरामद भएको छ। डीएसपी श्रेष्ठका अनुसार पक्राउ परेका राजभर विरुद्ध लागुऔषध ऐन अन्तर्गतको मुद्दा चलाउन आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ। 

नेपालको पूर्वी पहाडी जिल्लामा उत्पादित गाँजा विभिन्न नाका हुँदै भारत कटाउने धन्दामा उनको संलग्नता रहेको प्रहरीको दावी छ।डीएसपी श्रेष्ठले पक्राउ परेका राजभरले दिएको सूचनाका आधारमा गाँजा ओसारपसार र कारोवारमा संलग्न अन्य व्यक्तिको पनि खोजी थालिएको जानकारी दिए।   

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.