भागबण्डा नमिलाएको भन्दै विद्यार्थीले क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुने

भागबण्डा नमिलाएको भन्दै विद्यार्थीले क्याम्पस प्रमुखलाई कार्यकक्षमै थुने

दाङ : राजनीतिक भागबण्डा नमिलाएको भन्दै दाङको एक सामुदायिक क्याम्पसका क्याम्पस प्रमुख कार्यकक्षमै थुनिएका छन् । सत्तासिन दल नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले कार्यकक्षभित्र थुनेका हुन्।

दाङको तुलसीपुरमा रहेको राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुख युवराज रावतलाई कार्यकक्षभित्रै ताला लगाएर मंगलबार थुनेको क्याम्पस प्रशासनले जनाएको छ।९ गते दिउँसो क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै १० बुँदे माग राखिएको थियो।क्याम्पसमा सहायक क्याम्पस प्रमुख नियुक्त भएपछि अनेरास्ववियुले राजनीतिक सहमति अनुसार नेकपा निकटको व्यक्तिलाई सहायक क्याम्पस प्रमुख नियुक्त गर्नु पर्ने र त्यसो नभएको भन्दै विरोध गर्दै आएको थियो।

सहायक क्याम्पस प्रमुखको नियुक्तिमा हेरफेर गर्ने दबाब दिँदै २४ घण्टे अल्टिमेटम दिइ ज्ञापन बुझाइएको क्याम्पस प्रमुख रावतले बताए। ज्ञापनपत्रमा ९ बुँदामा अलिहेको प्रशासनसँग राजनीतिक सहमति र सहकार्यअनुसार अघि बढने सहमति भएपनि सहमति विपरित एकलौटी ढंगले अगाडी बढेकाले तत्काल त्यस्ता कार्य सच्याई सहमति कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ।

अनेरास्वीयुका १० वटा मागहरुको बारेमा मंगलबार दिउँसो क्याम्पस प्रशासनले विद्यार्थी संगठनसँग छलफल गर्ने तयारी भइरहेका बेला एकाएक वडा सदस्य, गैर विद्यार्थीलगायतकाको झुण्ड आएर तालाबन्दी गरेको क्याम्पस प्रमुख रावतले बताए । 

क्याम्पसलाई विधि ऐन र सिस्टममा सञ्चालन गर्ने हो, क्याम्पस प्रमुख रावतले भने, 'राजनीतिक दबाबले क्याम्पसका गतिविधि हुँदैनन्। मैले जेष्ठता, क्षमता र योग्यताको आधारमा नियुक्ति गरेको हुँ, कुनै दलसँग राजनीतिक सहमति भएको छैन। विद्यार्थीले राखेका मागलाई कार्यान्वयन गर्न केहि दिनदेखि नै काम थालिरहेका छौं,' उनले भने।

तालाबन्दी गर्ने र क्याम्पस प्रमुखलाई कार्यकक्षमा थुन्ने कार्यमा तुलसीपुर उपमहानगरपालिका- ६का वडा सदस्य दुजमान भण्डारी (वर्षात) पनि सहभागी भएको बताइएको छ। उनी क्याम्सका पूर्व विद्यार्थी पनि हुन्।अनेरास्ववियु दाङका अध्यक्ष विरबल खड्काले मागको सुनुवाई नभएको हुँदा क्याम्पस प्रमुखलाई कार्यकक्षभित्रै थुन्नु परेको बताए।

अनेरास्ववियुका जिल्ला अध्यक्ष खड्काले वडा सदस्य आन्दोलनमा सहभागी भएको बताए। वडा सदस्य भण्डारीले ताला लगाउने समयमा आफू क्याम्पस गएको तर त्यो कार्यमा प्रत्यक्ष संलग्न नभएको दावी गरे। उनले क्याम्पस गएको हुँ हिजो पनि र आज पनि तर मेरा अगुवाईमा ताला लगाउने काममा नभएको भएपनि मेरो ऐक्यबद्धता उक्त कार्यमा रहेको बताए।

 भण्डारी ज्ञापनपत्र बुझाउँदा पनि सँगै गएको क्याम्पसले जनाएको छ।विद्यार्थी संगठनको शैक्षिक सुधारको माग छ। उनीहरुको मागमा राजनीतिक सहमति पूरा गर्नुपर्ने भन्ने पनि छ। त्यसको अर्थ सहायक क्याम्पस प्रमुख नेकपाको हुनुपर्ने भन्ने माग उनीहरुले गरेको क्याम्पस प्रमुख रावतले बताए।क्याम्पस प्रमुख रावतले ताला लगाउँदैमा र थुन्दैमा आफू विचलित नहुने दृढता व्यक्त गरे।

क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष विनिल केसीले क्याम्पसको समस्या समाधानका लागि सञ्चालक समिति तयार भएको भन्दै वार्ता र संवादमार्फत समस्या समाधान गर्नुपर्ने बताए।

उनले ताल लगाएर क्याम्पस प्रमुखलाई थुनेर कुनै काम नहुने बताए। 'क्याम्पस प्रमुखसँग केही सहमति भएको भए त्यो हामीलाई जानकारी छैन, केसीले भने, 'तर सञ्चालक समितिसँगै कुनैपनि लिखित र मौखिकरुपमा राजनीतिक सहमति भएको छैन।' उनले क्याम्पसमा तालाबन्दी गरेर पढ्न पाउने विद्यार्थीको अधिकारमाथि खेलवाड नगर्न आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.