महिला क्रिकेटको उपाधि पनि एपिएफकै कब्जामा

महिला क्रिकेटको उपाधि पनि एपिएफकै कब्जामा

दाङ : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दाङको लमहीमा भएको महिला क्रिकेटको उपाधि पनि एपिएफले जितेको छ । महिला क्रिकेटको उपाधिको लागि प्रदेश नम्बर १ र एपिएफ बीचमा प्रतिस्पर्धा भएको थियो ।

एपिएफ ८७ रनले विजयी भएको हो । महिला क्रिकेटमा दोस्रो प्रदेश नम्बर १ र तेस्रो सुदूरपश्चिम प्रदेश भएका छन् । टस जितेर प्रदेश नम्बर १ ले बलिङ रोजेको थियो । एपिएफले २० ओभरमा पूरै विकेट गुमाएर १२८ रन बनायो ।

जसमा ज्योति पाण्डे ४५, सिताराना मगर ४२ रन जोडिन् । बलिङतर्फ प्रदेश १ कि रुविना क्षेत्री, सवनम राई र संगीता राईले समान ३÷३ विकेट लिइन् । प्रदेश नम्बर एक १९ दशमलव ४ ओभरमा अलआउट हुँदै ४१ रनमा समेटिन पुग्यो । रश्मी शर्मा चौलागाई अविजित हुँदै २७ रन जोडिन् ।

बलिङ एपिएफकी रितु कनोजिया, सरिता मगर र सीता राना मगरले समान २÷२ विकेट लिइन । प्लेर अफ द म्याच रीता राना मगर घोषित भइन् । वेस्ट वलर प्रदेश १ कि संगीता राई, वेष्ट व्याट्सम्यान प्रदेश ७ कि कविता जोशी, प्लेयर अफ द टुनामेन्ट प्रदेश १ कि रुविना क्षेत्री भइन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.