राजपामा एकल नेतृत्व माग

राजपामा एकल नेतृत्व माग

काठमाडौं : राजपाको पदाधिकारी बैठकमा अध्यक्षमण्डलको चर्को आलोचना गर्दै नेताहरूले पार्टीलाई एकल नेतृत्वमा लैजान माग गरेका छन्। ६ मधेसी पार्टी एकीकरण भई गठन भएपछि अध्यक्षमण्डल प्रणालीमा राजपाको नेतृत्व चलिरहेको छ। आइतबार सुरु बैठकमा अध्यक्षमण्डलका कारण पार्टीमा अन्य नेताको कुनै भूमिका नदेखिएको र पार्टी झन् कमजोर भएको गुनासो गर्दै पदाधिकारीहरूले पार्टी एकल नेतृत्वमा जानुपर्नेमा जोड दिएका हुन्।

अध्यक्षमण्डलका ६ नेताले बोलेपछि पदाधिकारीले बोल्ने क्रम जारी छ। राजपाका प्रमुख पदाधिकारी लक्ष्मणलाल कर्ण, बृषेशचन्द्र लाल, सर्वेन्द्रनाथ शुक्ला, जितेन्द्र सोनल, मनीष सुमनसहितका नेताले बैठकको सुरुमै अध्यक्षमण्डलको आलोचना गरेका थिए। त्यसपछि बोल्ने अधिकांश नेताले अध्यक्षमण्डलप्रति गुनासा राख्दै छन्। ‘बैठकमा अध्यक्षमण्डलप्रति प्रश्न उठेका छन्’, प्रवक्ता सन्तोष मेहताले भने, ‘चाँडोभन्दा चाँडो महाधिवेशन गरेर एकल नेतृत्वमा पार्टीलाई लैजानुपर्ने माग उठीरहेको छ।’

महासचिव केशव झाले पार्टीको महाधिवेशन सक्दो चाँडो गर्नुपर्ने भएकाले नेताहरूले नेतृत्वबारे धारणा राखिरहेको र त्यो सकारात्मक भएको टिप्पणी गरे। ‘यसले हामीलाई विधानदेखि महाधिवेशनसम्मै सघाउने छ’, उनले भने, ‘महाधिवेशन कहिले गर्नेे भन्नेमा समेत फरक फरक धारणा आइरहेका छन्।’

गएको मंसीर पहिलो साता अध्यक्षमण्डलको बैठकले चक्रीय प्रणालीअनुसार पार्टीको अध्यक्षता गर्ने निर्णय गरेपछि विवाद नै देखिएको थियो। एकीकरण भएदेखि नै महन्थ ठाकुरले पार्टी संयोजकको भूमिका निर्वाह गर्दै आइरहेका थिए।

ठाकुरको गतिविधिबाट असन्तुष्टि चुलिएपछि मंसीरमा अध्यक्षमण्डलका सदस्यबीच नै विवाद भएको थियो। सार्वजनिक नगरे पनि चक्रीय प्रणालीप्रति असन्तुष्ट देखिएका ठाकुर त्यसपछि केही समय बैठकमा उपस्थितसमेत भएनन्।

जारी बैठकमा नेताहरूले ६ जनाबाहेक अरू कुनै पनि नेतालाई पार्टीको अवस्था बारे कुनै जानकारी नहुने भएकाले पार्टी गतिशील बनाउन माग गरेका छन्।

नेता कर्णले प्रदेश र केन्द्रमा निर्वाचन समेत जितेको राजपा अहिले कहाँ छ भनेर सोधेपछि अध्यक्षमण्डल कठिन स्थितिमा परेको छ। राजपाभित्र पछिल्लो समय महाधिवेशन कसरी र कहिले गर्ने बहस भइरहँदा नेतृत्वमाथि प्रश्न उठेको छ। केही समयअघि राजपाले गठन गरेको विधान समितिले एकल नेतृत्व (एक अध्यक्ष र अन्य पदाधिकारी) व्यवस्थासहितको प्रतिवेदन पेस गरेपछि अध्यक्षमण्डलमा फरक फरक मत देखिएका थिए।

यही वैशाख ७–९ मा तय गरिएको महाधिवेशन राजपाले गर्न नसकेपछि नयाँ मिति र तरिकाबारे समेत बैठकमा छलफल भइरहेको नेताहरूले बताएका छन्। पदाधिकारी संख्या धेरै भएकाले बैठक शुक्रबार अबेर वा शनिबारसम्म नै जान सक्ने राजपाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.