डीएसपीको मोबाइलमा अभियुक्तका फोन र सन्देश

डीएसपीको मोबाइलमा अभियुक्तका फोन र सन्देश

काठमाडौं : डकैत घटना अनुसन्धान गर्दा डीएसपीको मोबाइलमा अभियुक्तका फोन र सन्देश भेटिएपछि अनुसन्धान अधिकृत सशंकित बनेका छन्। फोन–सन्देश पठाउने अभियुक्त डिएसपीका नातेदार हुन्।

गत चैत २६ गते रानीबारीमा लालेन्द्र शेरचन्दको घरमा भएको डकैत घटनामा पक्राउ परेका अभियुक्त विक्रम श्रेष्ठ र डिएसपी कुमुद ढुंगेलबीच फोन र एसएमएस आदान प्रदान भएको थियो। ढुंगेल ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा कार्यरत छन्। श्रेष्ठ र ढुंगेलबीच महाराजगञ्जस्थित भेनस रेष्टुरेन्टमा भेट भएको खुलेको छ।

उनीहरू भेट भेटेकै दिन शेरचन्दको घरमा डकैती घटना भएको हो। प्रहरी हिरासतमा रहेका श्रेष्ठले डीएसपी ढुंगेलसँगको भेटघाट भएको स्वीकारेका छन्। ९८५११५५१८४ नम्बरको मोबाइलबाट श्रेष्ठले डीएसपी ढुंगेलको ९८५११८०००० नम्बरमा चैत २७ गते साँझ ६ बेर २३ मिनेटमा र २८ गते अपराह्न तीन बजेर पाँच मिनेटमा संवाद भएको कलडिटेलले देखाएको हो। त्यस्तै श्रेष्ठको ९८५११५५१८४ मोबाइलबाट डिएसपी ढुंगलेको ९८०८२३७०८२ मोबाइलमा चैत २८ गते बिहान १० बजेर ३७ मिनेटमा र चैत २९ गते अपराह्न १२ बजेर ४७ मिनेटमा फोनमा कुराकानी भएको कलडिटेलमा देखिन्छ।

श्रेष्ठले ढुंगेलको मोबाइलमा सन्देश पनि पठाएका थिए। श्रेष्ठले प्रहरी बयानमा भने जग्गाको विषयमा डीएसपी ढुंगेलसँग भेट गरेको दाबी गरेका छन्। चैत १३ मा पठाएको सन्देशमा उल्लेख थियो, ‘दाई दीपेश ९८५१२४८५१८’। ढुंगेलले सन्देश हेरे पनि फर्काएका छैनन्।

श्रेष्ठले उल्लेख गरेका दीपेश भनिने सन्तबहादुर तामाङ हुन। तामाङ अहिले डकैत घटनामै पक्राउ परेका छन्। तामाङ ट्याक्सी चालक हुन्। पक्राउ परेका अर्का अभियुक्त नवराज तामाङ पनि ट्याक्सी चालक हुन्।

शेरचन्दको घरमा डकैत गर्ने योजना नवराज, दीपेश र सन्तोषले बनाएका हुन्। लुटपाटको योजनालाई मूर्तरुप दिन श्रेष्ठसम्म प्रस्ताव गर्ने व्यक्ति भने दीपेश रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। चैत २६ मा डकैत घटना हुन्छ। २७ गते डकैतका योजनाकार मध्येका श्रेष्ठसँग ढुंगेलको फोन सम्वाद भएको कलडिटेलबाट देखिन्छ। प्रहरीले पक्राउ गर्नुपर्ने अभियुक्त र बहालवाला डीएसपीबीच फोन सम्वाद देखिएपछि अनुसन्धानमा खटिएका प्रहरी अधिकृत आश्चर्यचकित बनेका छन्।

‘डकैत घटनाबारे डिएसपी ढुंगेल जानकार थिए÷थिएनन् त्यो अनुसन्धानबाट खुल्दै जान्छ, ‘अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन्, ‘तर डाँका समूहसँग प्रहरीको उपल्लो दर्जासँग भेटघाट र कुराकानी प्रहरीको अनुशासनमा गम्भीर उल्लंघन हो।’

यो घटनाबारे गृहसचिव प्रेमकुमार राईसमेत जानकार छन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूलाई यो घटनाबारे रिर्पोट नभएको बताए। उनले भने, ‘अनुसन्धान हुँदैछ, डीएसपी ढुंगेलको संलग्नता देखिए छानबिन गर्छु।’

डीएसपी ढुंगेलले भने आफूले श्रेष्ठलाई चिनजान भएको नाताले फोन गरेको बताए। मातातीर्थ बस्ने श्रेष्ठलाई सतुंगलमा हस्पिटल कहाँ छ भनेर सोधेको ढुंगेलले बताए। उनले भने, ‘ श्रेष्ठसँग पुरानै चिनजान हो। मैले खराब नियत राखेर फोन गरेको होइन। अस्पतालबारे सोध्न फोन गरेको हुँ।’

ढुंगेलले श्रेष्ठले पठाएको सन्देशका बारेमा आफू जानकार नभएको बताए। तर, श्रेष्ठले दीपेश भन्ने सन्तबहादुर तामाङको नम्बर ढुंगेललाई ह्वाट्सएपमा पठाएको सन्देश अन्नपूर्णसँग सुरक्षित छ। शेरचन्दसँग तीन करोड रुपैयाँ रहेको सुराकी पाएपछि श्रेष्ठको योजनामा डकैत घटना भएको थियो। तर, शेरचन्दले पोखरामा घर किन्न पैसा पठाइसकेका थिए।

गृहसचिव राईले घटनाको छानबिन हुने बताए। उनले भने, ‘यो घटनाको छानबिन गर्न म आईजीपी साबलाई निर्देशन दिन्छु। उहाँले छानबिन गर्नुहुन्छ। डीएसपीको संलग्नता भेटिए कारबाही हुन्छ।’ उनले घटनाबारे आफूलाई अनौपचारिक रिर्पोटिङ भएको बताए। उनले प्रहरी भित्रको अपराधिकरणलाई आफूले कुनै हालतमा प्रोत्साहन नगर्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.