जनप्रतिनिधिमाथि पनि अख्तियारको नजर
काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक वडाध्यक्षलाई घुससहित पक्राउ गरेको छ। सेवाग्राहीसँग २५ हजार घुस लिइरहेको अवस्थामा सप्तरी सुरुङा नगरपालिका–५ का वडाध्यक्ष सिल्टु मियाँलाई सोमबार पक्राउ गरिएको अख्तियारका प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए।
काठको व्यवसाय गर्दै आएका मियाँ स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। अख्तियारले नियन्त्रणमा लिइएका मियाँमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
निर्वाचित पदाधिकारी घुससहित पक्राउ गरेको यो पहिलो घटना हो। अख्तियारका प्रवक्ता कोइरालाले राष्ट्र सेवक कर्मचारीमात्रै कारवाही गरिरहेको अख्तियारले निर्वाचन पदाधिकारीलाई कारवाही गर्न सुरु गरेको बताए।